नयादिल्ली, भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार साँझ भेटबार्ता भएको छ । सोमबार नै परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री एस.जयशङ्करबीच पनि भेटवार्ता भएको थियो
प्रधानमन्त्री मोदी संगको भेटका क्रममा नेपाल भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको थियो ।
मन्त्री डा राणा र भारतीय समकक्षी विदेशमन्त्री एस.जयशङ्करसँग भएको भेटवार्तामा पनि द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै उर्जा, व्यापार, पूर्वाधार निर्माण तथा सहयोग आदानप्रदान र सहकार्यका बारेमा छलफल भएको बुझिएको छ।
भारतीय विदेशमन्त्री एस.जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी हुन । परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमणका क्रममा भारत पुगेकी मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।