Play

इलाम-२ को उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो, कहाँबाट कति ? हेर्नुस

गुरुकुल खबर


विराटनगर,   इलाम–२ को उपनिर्वाचनमा झन्डै ६० प्रतिशत मतदान भएको छ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि इलाम नगरपालिकाको ११ वटा वडा, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ३ वटा वडाका १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ जनाले मतदान गरेका हुन् ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार इलामका ११ वटा वडाका ३२ हजार ४४१ जना मतदातामध्ये २० हजार ६६५ अर्थात् ६३.७० प्रतिशतले मतदान गरेका छन् । यस्तै देउमाई नगरपालिकाका २७ हजार ९६९ मतदातामध्ये १५ हजार ९८० जनाले अर्थात् ५७.१३ प्रतिशतले मतदान गरे ।

यस्तै फाकफोकथुम गाउँपालिकाका १६ हजार ३०२ मतदातामध्ये ९ हजार ६०४ (५८.९१ प्रतिशत), माङ्सेबुङ गाउँपालिकाको १२ हजार ५६३ मतदातामध्ये ७ हजार २०३ (५७.४८ प्रतिशत), चुलाचुली गाउँपालिकाका १८ हजार ५४५ मतदातामध्ये ११ हजार १९८ (६०.३८ प्रतिशत) र माई नगरपालिकाको ६, ७ र ८ नम्बर वडाको ८ हजार ९६ मतदातामध्ये ४ हजार ६३४ (५७.२४ प्रतिशत) ले मतदान गरेका छन् । उपलब्ध तथ्याङ्कले सबैभन्दा बढी मतदान भने इलाम नगरपालिकाबाट भएको छ ।

१५ बैशाख २०८१, शनिबार २१:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा