Play

‘कखरा’ उपन्यास – बालबालिकाको मनोविज्ञान झल्किने कृति – हसिना

गुरुकुल खबर


पोखरा, /b> र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा गरेको छ । साहित्यकार हरिहर तिमिल्सिनाको शैक्षिक उपन्यास ‘कखरा’ माथि परिचर्चा गर्दै सोसाइटीकै पुस्तक छनोट समितिकी सदस्य हसिना बस्नेतले उपन्यास शिक्षक, विद्यार्थी र अभिभावकले पढ्नैपर्ने कृति भएको धारणा राखिन् ।

“नेपाली साहित्यमा किशोरावस्थाका बालबालिकाहरूको मनोविज्ञानको अध्ययन गरी एकदम थोरै पुस्तक लेखिएका छन्” बस्नेतले भनिन्, “एक आर्दश विद्यालयको परिकल्पना र योजना प्रस्तुत गरिएको यो किताबलाई शिक्षाका नीति निर्माणकर्ता, हरेक अभिभावक, शिक्षक, सञ्चालक सबै सबैले पढ्नैपर्ने पुस्तकको सूचीमा राख्न सकिन्छ ।”

उपन्यासकार तिमिल्सिनाले सबैभन्दा बढी पढ्नुपर्ने वर्ग शिक्षक भएकोमा जोड दिँदै उनीहरूले पढे मात्र विद्यार्थीमा पढ्ने बानी बसाल्न सकिने धारणा राखे । ‘सिकाउनेले पढौँ’ अभियानसमेत सञ्चालन गर्दै आएका तिमिल्सिनाले ‘एजुकेसन’ भन्दा  ‘स्कुलिङ’ हावी भएको बताए ।

देशभित्र र बाहिरका विभिन्न विद्यालय घुमेको अनुभव सुनाउँदै उनले बालबालिका इमानदार हुने भएकाले उनीहरूलाई पठन संस्कृतिसँग जोड्न सक्दा शैक्षिक र सामाजिक विकास हुन सक्ने बताए । आफूले किताबमा गरेको आदर्श विद्यालयको परिकल्पना नेपालमै पनि साकार हुँदै गएकोमा उनले खुसी व्यक्त गरे ।

हामीले परम्परागत रूपमा पढाउँदै आएका पाठ्यपुस्तकले संसारमा १० प्रतिशत मात्रै व्यावहारिक जीवनमा काम गरेको तथ्य भेटिएको बताउँदै बालबालिकालाई स्वतन्त्र पढाइमा आकर्षित गर्नुपर्नेमा तिमिल्सिनाको जोड थियो ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कवि रमेश श्रेष्ठ, ध्रुव केसी, कृष्ण केसी, ईशा शाह, रीता अधिकारी ‘ऋतु’, सुरेश लम्साल, गीता लामिछाने, जीवनसागर भण्डारी, डा. भूमिराज बस्ताकोटी, सुरज पौडेल, लोचना अधिकारी, गीता तिवारी, धर्मेश जैसवाल, भीम न्यौपानेलगातयले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै विषय वा पुस्तकमाथि बौद्धिक बहस सञ्चालन गर्दै आएको छ ।

२८ माघ २०८०, आईतवार २१:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा