Play

टाइगर कप भलिबल : महिलातर्फ त्रिभुबन आर्मी क्लब तेश्रो स्थानमा

गुरुकुल खबर


पोखरा  । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा नेपाल पुसिल क्लबलाई पराजित गर्दै नेपाल आर्मीको त्रिभुबन क्लबले तेश्रो स्थान प्राप्त गरेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगितामा त्रिभुबन आर्मीले पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको हो । सम्पन्न खेलमा आर्मीले पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो भने दोश्रो सेट १८–२५ ले पुलिसलाई बुभाउन पुग्यो । तर तेश्रो सेट २५–२० र चौथो सेट २५– १९ ले जित्दै तेश्रो स्थान प्राप्त गरेको छ ।

तेश्रो स्थान प्राप्त गरे संगै ट्रफी, मेडल, प्रमाणपत्रका साथमा नगद रु १ लाख २५ हजार ५५५ प्राप्त गरेको छ । बिजेता टोलीलाई आज नै एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिने टाइगर ग्रुपका सचिब डिबी नेपालीले जानकारी दिएका छन् ।

यसै गरी शुक्रबार नै पुरुषतर्फका दुई सेमीफाइनल खेलहरु सञ्चालन हुनेछन् ।

पहिलो सेमीफाइनल खेल टिप टप हेल्प नेपाल स्पोर्टस क्लब र पाहुना टोली श्रीलंक आर्मीका विच हुनेछ भने दोश्रो सेमीफाइनलमा घरेलु टोली गण्डकी प्रदेश भलिबल संघले विभगिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबको सामना गर्नेछ । गण्डकी डिफेन्डिङ च्याम्पियन समेत हो ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।

उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

५ माघ २०८०, शुक्रबार २१:०७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा