Play

कस्केली अधिकृत समाजद्वारा स्वास्थ्य सचेतना

गुरुकुल खबर


पोखरा, कस्केली अधिकृत समाजले समाजका सदस्यलाई लक्षित गरी आज पोखरामा स्वास्थ्य सचेतना सम्पन्न गरेको छ ।

समाजको वार्षिक कार्ययोजना अनुुुरुप दुखाई व्यवस्थापन(पेन म्यानेजमेन्ट), क्लोरेष्टोर एवम् अन्य स्वास्थ्य सचेतना लगायत विविध विषयमा चिकित्सकहरूले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा पेन फिजिसियन डा.हरि पौडेलले दुखाई स्वास्थ्य समस्या रहेको बताउँदै बेलैमा यसबारे सचेत र उपचारविधि अपनाउन सकेमा शारिरिक एवम् मानसिक रुपमा पार्ने थप असरहरूबाट बच्न सकिने बताए ।

अर्का चिकित्सक डा. सन्तोष बानियाले आहारविहारमा सचेतना अपनाउन सकेमा क्लोरेष्टोर लगायतका स्वास्थ्य समस्याबाट जोगिन सकिने बताए । प्याकेट च्यात्ने र ढकनी खोल्ने किसिमका खाद्य सामाग्री कम उपयोग गर्न उनले सुझाव दिए ।
कार्यक्रममा समाजका सल्लाहकार देबेन्द्र केसीले चिकित्सकद्वयबाट स्वास्थ्य रक्षा सम्बन्धमा धेरै जीवनोपयोगी विषयबारे जानकारी पाइएको बताए ।

कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षता एवम् सचिव महेश पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत सह सचिव विष्णुुप्रसाद पोखरेलले गरेका थिए ।

कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, कृषि विकास बैंकका प्रदेश निर्देशक घनेन्द्र अधिकारी, सल्लाहकारहरू भगवान पन्त, प्रेमप्रकाश गौतम, डा. दीर्घनाथ ढुुङ्गाना, विश्वनाथ पराजुली र ऋषिराम लामिछाने, पूर्व कर्मचारी परिषद्का अध्यक्ष नरहरि बराल, कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष नवराज गौतम, आजीवन सदस्यहरू तथा अन्य स्वास्थ्य क्षेत्र लगायतका व्यक्ति सहभागी थिए ।

कार्यक्रममा कस्केली अधिकृत समाजका आजीवन सदस्य लोकनाथ आचार्य, कार्यसमिति सदस्यद्वय सन्तोष ढुुङ्गाना र वासुदेव पौडेल कर्मचारी मिलन केन्द्रको क्रमशः अध्यक्ष, सचिव र सदस्य पदमा निर्वाचित बन्नुुभएकोमा बधाई तथा सफल कार्यकालको शुुभकामना व्यक्त गरिएको थियो ।

१० पुष २०८०, मंगलवार १२:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा