Play

प्राडा बुद्धिलाई अवार्ड, दीपेन्द्रलाई पुरस्कार

गुरुकुल खबर


पोखरा, नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा प्राडा बुद्धिबहादुर थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।

युआरएल फाउन्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केदारभक्त माथेमा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्री, गुणस्तर विज्ञ सुशील थापा, राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रतिभा छनोट समिति संयोजक बद्रिविनोद प्रतीक, फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थ लगायतले उनलाई सम्मान गरेका हुन् ।
सोही कार्यक्रममा पत्रकारितामार्फत् स्वास्थ्य क्षेत्रमा योगदान गरेकोमा दीपेन्द्र श्रेष्ठलाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पुरस्कार राशि ३३ हजार ३ सय ३३ रुपैयाँ र ताम्रपत्र छ । पत्रकारिता पुरस्कार यसअघि प्रादेशिक स्तरमा प्रदान गरिँदै आएको थियो ।

कार्यक्रममा प्राडा माथेमाले सरकारले नागरिकलाई यथासक्य स्वास्थ्य र शिक्षा निशुल्क दिनसक्नुपर्ने विचार राखे । उनले भने, ‘पुँजीवादी देशमा समेत स्वास्थ्य, शिक्षा निशुल्क छ, परिश्रमको मूल्य दिएका छन् । यी समस्याको समाधान नगरी युवा देशमा टिक्दैनन् ।’ स्वास्थ्य सेवा तत्काल निशुल्क गर्न नसके सरल मूल्यमा उपलब्ध गराउनुपर्नेमा उनको जोड छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा खत्रीले सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्थाले स्वास्थ्यमा यो क्षेत्रको अग्रणी व्यक्तित्वलाई सम्मान गरेकोमा धन्यवाद दिए । राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रतिभा छनोट समिति संयोजक बद्रिविनोद प्रतीकले स्वास्थ्य र पत्रकारिता दुवै क्षेत्रमा असली हकदार र योग्य व्यक्तित्वलाई पुरस्कृत गरिएको उल्लेख गरे।

सम्मानित व्यक्तित्व प्राडा बुद्धिबहादुर थापाले जनस्तरबाट बनेको संस्थाले योगदानको पहिचान गरी सम्मान गरेकोमा धन्यवाद दिए । उनले चिकित्सा सेवाका सुरुआती दिनसमेत सम्झिए । ‘२०४१ बाट मेडिकल सेवा सुरु गरेको हुँ । ठाउँठाउँमा दिनदुःखीलाई सेवा गर्न पाएँ । तनहुँमा जिपी कोइराला स्वाश्सप्रश्वास उपचार केन्द्र स्थापना गर्न भूमिका निर्वाह गरेँ । बाँकी जीवन पनि यही क्षेत्रमा लगाउने छु ।’
तनहुँमा जन्मिएका थापा करिब ४ दशकदेखि स्वास्थ्य सेवामा सक्रिय छन् । थापाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संस्थापक उपकुलपति भई काम गरेका थिए ।

पुरस्कृत पत्रकार श्रेष्ठले पुरस्कारले ऊर्जा थपेको सुनाए । उनले सञ्चार माध्यमहरु सामाजिक क्षेत्र र जनजीवनसँग जोडिएरअघि बढ्नुपर्ने जनाउँदै त्यसको मूल्यांकन समाजले गर्ने विचार राखे । नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्षसमेत रहेका पत्रकार श्रेष्ठ एभरेस्ट एफएममा आवद्ध छन् । प्रयोगशाला गुणस्तर विज्ञ सुशीला थापाले युनाइटेड रेफरेस ल्याबोरेटरी प्रालि(युआरएल)ले स्थापनाको १० औं वर्षमा फाउन्डेसनमार्फत् सामाजिक काम गरी अरु संस्थाका लागि नमूना बनेको जनाए ।

कार्यक्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्रले समाजसेवा ख्याति कमाएको प्रयोगशाला र फाउन्डेसनसँग मिलेर काम गर्न इच्छुक भएको उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारी, अफिन गण्डकी सचिव ऋषि खतिवडा, चरक एकेडेमीका अध्यक्ष योगेन्द्र प्रधान, युआरएलका निर्देशकद्वय गणेशप्रसाद कोइराला र सन्दीप अर्यालले बोलेका थिए ।

युआरएल फाउन्डेसनका अध्यक्ष पन्थले प्रदेशको अग्रणी र पहिलो ल्याब भएकाले स्वास्थ्य क्षेत्रलाई समाजसँग जोड्नका लागि यस खालका कार्यक्रम गरिएको जनाए । उनले भने, ‘२० ठाउँबाट युआरएलले सेवा दिएको छ, व्यवसायमात्र होइन, समाजसेवा पनि संस्थागत रुपमै गर्नुपर्छ भन्ने बोधले फाउन्डेसन स्थापना गरेका हौं ।’

पत्रकारिता पुरस्कारका लागि प्रतिभा चयनका लागि प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतीक र लाइफ टाइम एचिभमेन्ट अवार्डका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा नारायण ओझाको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो । ८ सदस्यीय छनोट समितिमा स्वास्थ्य गुणस्तर विज्ञ सुशील थापा, समाजसेवी पूर्व प्रशासक नरहरि बराल, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डे, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त, युआरएलका प्रबन्ध निर्देशक गणेश कोइराला र पत्रकार फडिन्द्र अकिञ्चन थिए ।

 

 

२५ मंसिर २०८०, सोमबार १५:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा