Play

विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक

गुरुकुल खबर


पोखरा, लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुुरुङले घान्द्रुकका तीन विद्यालयमा शैक्षिक सामग्री र पोशाक वितरण गरेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकका सरस्वती आधारभुत विद्यालय उरी, छुर्लुङ आधारभुत विद्यालय र तालबाराही आधारभुत विद्यालयका ३७ जना विद्यार्थीहरुलाई फाउण्डेशनका संस्थापक गुरुङले शैक्षिक सामग्री र पोशाक वितरण गरेका हुन् ।

शैक्षिक पोशाक वितरण पछि बोल्दै फाउण्डेशनका संस्थापक गुरुङले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले शिक्षासँग जोडिएको बताए । ‘घान्द्रुकको विभिन्न स्थानलाई समेटेर वृत्तचित्र निर्माण गरेको थिए, घान्द्रुक,पोखरा र काठमाडौं लगायतको स्थानपछि बेलायत र हङकङमा वृत्तचित्र प्रर्दशन गर्ने अवसर पाए’, गुरुङले भने, ‘फाउण्डेशन मार्फत विभिन्न क्षेत्रमा जोडिएको छु, सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले शिक्षासँग जोडिएको छु ।’

शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन फाउण्डेशनमार्फत सक्रियता बढाएको फाउण्डेशनका संस्थापक गुरुङले बताए । ‘शिक्षा नै जीवनको महत्वपूर्ण खुड्किलो हो, शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन फाउण्डेशनमार्फत सक्रियता बढाएको छु’, उनले भने, ‘अबको परिवर्तन शिक्षाले मात्र दिन सक्ने भएकाले सबैलाई शिक्षामा जोड्न आवश्यक छ ।’

हामीले शैक्षिक क्षेत्र बाहेक स्वास्थ्य र खेलकुद क्षेत्रमा पनि सहयोग गर्दै उनले बताए ।‘हामीले यस अगाडि पनि विभिन्न समयमा सहयोग गरिसकेका छौं, शैक्षिक क्षेत्रसँगै यस अगाडि स्वास्थ्य र खेलकुदमा पनि सहयोग गर्दै आएका छौं ।’ उनले भने ।

लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले तीन विद्यालयका ३७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक एक कार्यक्रमका बीच वितरण गरेका हुन् । फाउण्डेशनले यस अगाडि लमजुङको एक विद्यालय र घान्द्रुकको तिख्यानस्थित कुर्लङ्ग बराह आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।

१७ मंसिर २०८०, आईतवार १२:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा