Play

गण्डकी स्टार सिजन ४ को उपाधि गायन तर्फ कृषिका र नृत्य तर्फ करिनालाई

गुरुकुल खबर


पोखरा, गण्डकी स्टार सिजन ४ को उपाधि गायन तर्फ कृषिका बि.घिमिरे जितेकि छन् भने नृत्य तर्फको उपाधि करिना गहतराजले जितेकी हुन् । उपाधि सगै दुबैले नगद २०/२० हजार र ट्रफि प्राप्त गरे ।
नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा शनिवार पोखरामा भएको अन्तिम प्रतिस्प्रधामा दुबै तर्फ ४ /४ जना सहभागिलाई पछि पार्दै उपाधि जित्न सफल भएको कार्यक्रम ब्यवस्थापक रोहन गुरुङले जानकारी दिए ।

उपाधि हात पार्ने कृषिका पोखराको सगरमाथा निकेतन कक्षा ९ अध्ययनरन हुने भने, करिन पोखराको बिन्दाबासिनी मा.बिमा अध्ययनरत रहेकी छन् ।

यस्तै गायन तर्फ रोहित बि.क दोस्रो, महिमा खड्का तेस्रो दिपक परियार चौथो र कृपा गुरुङ पाचौ भए भने दोस्रोले नगद १० हजार र ट्रफि तेस्रोले नगद ५ हजार र ट्रफि जित्न सफल भए ।

नृत्य तर्फ समिर बिश्वकर्मा दोस्रो,रितु क्षेत्री तेस्रो,सिमा सुनार चौथो र पूजा बस्तोला पाचौँ भने दोस्रोले नगद १० हजार र ट्रफि तेस्रोले नगद ५ हजार र ट्रफि जित्न सफल भए ।
प्रतियोगिताको वेष्ट प्रफमर दिपक परियार भए भने भिवर च्वाइसमा कृपा गुरुङले स्थान बनाइन् ।

गायन तर्फको निर्णयकमा बिनोद बानिया,आरजुबिष्ट सल्यानी,र सबिना सुनाम रहेका थिए । त्यस्तै नृत्य तर्फको निर्णायकमा महेश गोदार,मिलन नेपाली,रोशनी छिनाल थिए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदश्य श्यामराजा महतले बालबालिकाको प्रतिभा देखेर आफु प्रफुलित भएको बताए । यस्ता कार्यक्रमले बालबालिकाको लुकेर रहेको प्रतिभाको प्रस्फुटन गर्न सहयोग पुग्ने उनको भनाई थियो।

कार्यक्रममा होटल शाराका प्रबन्धक सि.पि सुवेदीले कार्यक्रमले लोप हुन लागेको संस्कृतीलाई जोगाउन सफल बताए । कार्यक्रम निर्देशक देबेन्द्र शाहीले बालबालिकाको प्रतिभा उजागर गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए ।

नन्द इन्टरटेन्मेन्ट हाउसले यस अगाडि डान्स गण्डकी डान्स,पोखरा चाईल्ड स्टार ,सोसल अवार्ड जस्ता कार्यक्रमहरु गदै आइरहेको छ ।

८ कार्तिक २०८०, बुधबार १५:१९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा