Play

एक महिने छ्याँडु प्रशिक्षण सम्पन्न

गुरुकुल खबर


पोखरा, तमु साँस्कृतिक प्रतिष्ठान नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगीमा एक महिने छ्याँडु प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । तमु समुदायको लोपोन्मुख नृत्य छ्याँडुको संरक्षण गर्न साथै प्रशिक्षकहरु उत्पादन गर्ने उदेश्यले सञ्चालित एक महिने प्रशिक्षण सम्पन्न भएको हो।

गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रतिनीधि सभा सदस्य मनबहादुर गुरुङले सस्कृतिहरुको मौलिकता जोगाउनुपर्ने बताए। अहिले संस्कार, संस्कृतिलाई आधुनिक र सजिलो बनाउने नाममा मौलिकता, मुल पहिचान गुम्दै गएकाले सजग हुनुपर्नेमा उनले जोड दिए ।

खेगी गुरुहरुले आफुले प्राप्त गरेको ज्ञानलाई लुकाएर राख्ने, अरुलाई हस्तान्तरण गर्न समेत नखोज्ने प्रवृतिले समस्याहरु आएको भन्दै एक महिनामा सिकेका ज्ञान प्रशिक्षार्थीहरुले आआफ्नो समाजमा विस्तार गर्नुपर्ने उनले बताए । विविधताको मुलुक नेपालमा हामीले तमुहरुले अपनाउदै आएको चाडपर्व, सँस्कृतिहरुका बारेमा पनि हाम्रो हो होइन, शब्दमा समेत विवाद गरेर बसिरहन नहुने उनको भनाई थियो ।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङ, छ्याँडु प्रशिक्षक भिमबहादुर गुरुङ, प्रशिक्षार्थी हेमबहादुर गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रशिक्षार्थीहरुले प्रशिक्षणका अवधिमा सिकेको छ्याँडु प्रस्तुत गरिएको थियो भने उक्त कार्यक्रममा प्रशिक्षार्थीहरु र प्रशिक्षणमा सहभागीता गराउने समाजहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो। यसै विच प्रतिष्ठानका सल्लाहकार हुमबहादुर गुरुङ पुनः तमु धिं नेपालको अध्यक्षमा निर्वाचित भएको भन्दै बधाई ज्ञापन गरिएको थियो।

तमु प्ये ल्हु संघमा संचालित एक महिने तालिममा प्रशिक्षकहरु भिमबहादुर गुरुङ, दानबहादुर गुरुङ, कुलप्रसाद गुरुङले विभिन्न समाजका तीस भन्दा वढी प्रशिक्षार्थीहरुलाई प्रशिक्षण प्रदान गरेका थिए ।
तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष श्रीजंग गुरुङले स्वागत र सचिव कञ्चन गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

२९ आश्विन २०८०, सोमबार १४:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा