Play

मणिपाल घटनामा चार प्रहरी घाइते

गुरुकुल खबर


पोखरा, मनिपालमा भएको तनावपूर्ण घटनामा परी चार प्रहरी घाइते भएका छन् । अस्पतालमा सोमबार उत्पन्न स्थितिलाई साम्य पार्ने क्रममा ४ जना प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृतकका आफन्तद्वारा बिरामीको मृत्युको विषयलाई लिएर डाक्टरमाथि कुटपिट हुँदा मणिपाल अस्पताल दिउँसो १ बजेपछि मध्यरातसम्मै तनावपूर्ण रहन पुगेको थियो । सुरुमा मृतकका पक्षबाट ठूलो समूहका समर्थकलाई सम्हाल्न हम्मे हम्मे परेको प्रहरी पछि स्वास्थ्यकर्मी आन्दोलित भएपछि लाठीचार्ज गर्न बाध्ये भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार बिकका अनुसार एक जना प्रहरीको टाउकोमा तीन वटा टाँकासमेत लगाइएको छ । आक्रोशित ठूलो समूह अस्पताल तोडफोडमा पुगेका थिए । भीड नियन्त्रण गर्ने क्रममा प्रहरी घाइते हुन पुगे । पछि चिकित्सकहरु पनि नाराबाजीमा सहभागी भए ।

प्रहरीले डाक्टर कुटेको भन्ने विषयको भिडियोको सम्बन्धमा अनुसन्धान हुने उनले बताएका छन् । लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि उनका आफन्त पोखरा ५ मालेपाटनका ३४ वर्षीय विनय गुरुङले चिकित्सक अनिल शाहमाथि कुटपिट गरेपछि अहिले स्वास्थ्यकर्मीहरु आन्दोलित छन् ।

डाक्टर कुट्ने गुरुङलाई सोमबार नै पक्राउ गरी हिरासतमा राखिएको र अनुसन्धान जारी रहेको कास्की प्रहरीले बताएको छ । गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधनसहित) कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका डा. दिनेश कुमार बिकलाई भने रिहा गरेको डिएसपी बिकले जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.मिन बहादुर गुरुङको रोहबरमा डा. गिरीधारी शर्माको जिम्मामा डाक्टर विकलाई रिहा गरिएको जनाइएको छ ।

१० आश्विन २०८०, बुधबार १२:२८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा