Play

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरलाइन्सको जहाज अवतरण, ४२ यात्रु लिएर फर्कियो

गुरुकुल खबर


पोखरा, भुटानको ड्रुक एयर जहाजले पोखरामा विमानस्थलमा पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय चार्टड उडान गरेको छ ।

भुटानको पारो विमानस्थलबाट शनिबार विहान ५ः५५ बजे उडेको उक्त जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ः४० मा अवतरित भएको थियो । सोही जहाज पोखरा विमानस्थलबाट जहाज ४२ अमेरिकी पर्यटक बोकेर ८ः१५ मा भुटानको थिम्पु फर्किएको थियो । जहाजको क्षमता १५० सिट भए पनि उक्त जहाजमा जम्मा ३ जना यात्रु आएको पोखरा विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले जानकारी दिए ।

भुटानबाट पोखरा आएका पर्यटकलाई पोखरा पर्यटन परिषदले विमानस्थलमा स्वागत पनि गरेको थियो । पोखरा महानगरका मेयर धनराज आचार्यले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न विभिन्न देशसँग कुटनीतिक पहल सो अवसरमा बताए ।

यो भन्दा पहिला पोखरा विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट चार्टर्ड उडान गरी यो विमानस्थलमा अवतरित भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान शुरु भएकोमा खुसि प्रकट गरेका छन् ।

नेपाल प्रेस तस्वीर

२३ भाद्र २०८०, शनिबार १३:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा