Play

वैदेशिक रोजगार मञ्चको सम्मान तथा सहयोग

गुरुकुल खबर


पोखरा, वैदेशिक रोजगार मञ्च लाहाचोकको आयोजना तथा माछापुच्छरे त्रिशक्ति युनाइटेड क्लब लाहाचोकको समन्वयमा अग्रज, समकालीन र अनुजलाई एउटै मञ्चमा सम्मान तथा पुरस्कार अर्पण गरिएको छ ।

मञ्चले अग्रज समाजसेवी, उद्धारकर्ता, युवा खेलाडी, एसइइ उत्कृष्ट अंक ल्याउने विद्यार्थीसहित तीनपुस्तालाई एउटै मञ्चमा सम्मान तथा पुरस्कार अर्पण कार्यक्रम आयोजना गरेको हो । यसरी सम्मानित हुनेमा प्रत्येक वडाका एक–एक जना समाजसेवीतर्फ हिमलाल रानाभाट, भीमबहादुर थापा मगर, होमलाल भण्डारी, गंगाबहादुर सुनार, कलाधर ढकाल, देविलाल भण्डारी, गोविन्दप्रसाद अधिकारी, गणेश अधिकारी, हरिहर पौडेल रहेका थिए ।

विभिन्न घटनामा आफ्नो ज्यानसमेत जोखिममा राखेर उद्धार गर्ने रिजन केसी, शमशेर गुरुङ, डिलबहादुर थापा र खेलकुद क्षेत्रमा क्रियाशील पछिल्लो पुस्ताका खेलाडी मनिष थापालाई पनि सो अवसरमा सम्मानसहित पुरस्कृत गरिएको थियो । सोही समारोहबीच एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने महेन्द्र माविका तीन र ज्ञानज्योति बोर्डिङका एक छात्रालाई पुरस्कृत गरिएको थियो ।

सोही समारोहबीच निम्न आर्थिक अवस्था भएका वीरबहादुर मगरको उपचारका लागि १० हजार नगदसमेत मञ्चकातर्फबाट हस्तान्तरण गरिएको थियो । उनलाई यस अगाडि नै मञ्चका अध्यक्ष राजु क्षत्री अपुरोको पहलमा दुई लाख ४० हजार उपचार खर्च जुटाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक कवि क्षत्रीले जानकारी गराएका थिए ।

प्रमुख अतिथि समाजसेवी तथा शिक्षासेवी प्रा.डा. दिलबहादुर क्षत्रीले आफू इतिहासको विद्यार्थी भए पनि इतिहास खोतल्न नलाग्ने बताउँदै कार्यक्रममा बुबाहरुलाई सम्मान भन्दा पनि आशीर्वाद ग्रहण गर्न पाएको बताएका थिए । अतिथि क्षत्रीले हरेक दृष्टिकोण नै सफलताको स्रोत हुने भएकाले मैले भतिजो मानेको राजु क्षत्री अपुरो जो वैदेशिक रोजगारमा रहे पनि उसको मन, वचन, कर्म र चिन्तन हरसमय स्वदेशमा रहेकाले उसको योगदानको कदर हुनुपर्ने बताए ।
वडाध्यक्ष मधुसुदन अधिकारीले मञ्चका सेवामुखी गतिविधिबाट आफू निकै प्रभावित भएको धारणा राखेका थिए ।

कार्यक्रममा कास्की समाज अन्तर्राष्ट्रिय परिषद्का हरि ढकाल, रास्वपा माछापुच्छरे गाउँपालिकाका अध्यक्ष भुपेन्द्र कुँवर, पर्यटन व्यवसायी तथा राजनीतिककर्मी विष्णु गुरुङ एकता, साहित्यकार शुभ शर्मा, लक्ष्मी थापा, कराते प्रशिक्षक एवं भारोत्तोलन राष्ट्रिय महिला खेलाडी मनिषा रानाभाटलगायतले मन्तव्य राखेका थिए । दिलिप रानाभाटको स्वागत मन्तव्य रहेको कार्यक्रममा कार्यक्रम संयोजक कवि क्षत्रीले मञ्च स्थापनाको उद्देश्य र गतिविधिबारे प्रकाश पारेका थिए ।

विभिन्न कवि, साहित्यकारले आफ्ना रचनावाचन, कलाकार भाइबहिनीहरुले सामुहिक तथा एकल नृत्यसमेत प्रस्तुत गरेको कार्यक्रममा अतिथिलाई सम्मान र कवि, कलाकार भाइबहिनीलाई प्रोत्साहन रकम प्रदान गरिएको थियो । कार्यक्रममा सहकार्य गरी सहयोग पु¥याएकोमा माछापुच्छरे त्रिशक्ति युनाइटेड क्लबलाईसमेत सम्मान गरिएको थियो ।

माछापुच्छरे त्रिशक्ति युनाइटेड क्लबका अध्यक्ष उमेश बाँस्तोलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन मञ्चका सहकोषाध्यक्ष सुशील श्रेष्ठले गरेका थिए ।

२४ श्रावण २०८०, बुधबार १५:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा