Play

मानव वेचबिखन मुद्दामा १ महिला पक्राउ

गुरुकुल खबर


पोखरा, पोखरा ८ सिर्जना चोक स्थित एक होटलमा नाबालिका र महिलालाई यौन धन्दामा लगाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

यही साउन ६ गते नाबालिका तथा महिलालाई ललाई फकाई वेटरको राम्रो काम लगाईदिन्छु भनी विभिन्न प्रलोभनमा पारी बोलाएको र उनीहरुलाई यौनजन्य क्रियाकलापमा लगाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले यो कार्वाही अगाडि बढाएको हो ।

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले यही साउन १९ गते गोर्खा पालुङटार स्थायी घर भई हाल पोखरा सिर्जना चोक स्थित खाजाघर संचालन गरी बस्ने वर्ष ६० की पार्वती काराखेतीलाई पक्राउ गरी कास्की जिल्ला अदालतमा मानव वेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिएका छन् ।

२२ श्रावण २०८०, सोमबार १३:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा