Play

संसदीय समितिमा गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा माग

गुरुकुल खबर


पोखरा, प्रतिनितिसभा अन्तर्गतको कानून, न्याय र मानवअधिकार समिति बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले एयरपोर्टबाट सुन बरामद प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनितिसभा अन्तर्गतको कानून, न्याय र मानवअधिकार समिति बैठकमा शर्माले अर्थमन्त्रालय मातहतको भन्सार र गृहमन्त्रालय अन्तर्गतको प्रहरी विमानस्थलमा रहेको अवस्थामा सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे ।

अनुसन्धानमा सघाउनका लागि यसमा पक्ष र विपक्षका साथै कुनै दलको कुरा नहुने बताउँदै उनले दुई मन्त्रीहरूले बाटो खुल्ला गर्नुपर्ने बताए । प्रधानमन्त्री मातहतका निकायले तस्करीको सुन समातेकोमा धन्यवाद दिँदै शर्माले प्रधानमन्त्रीको कदमलाई सहयोग गर्न आव्हान गरे ।

बैठकमा कांग्रेसकै अर्का सांसद रामहरि खतिवडाले सुन प्रकरणमा भरिया, मजदुर र कर्मचारीलाई मात्रै समातेर आँखामा छारो हाल्ने काम गर्न नहुने भनाई राखे । नेपाललाई तस्करीको भूमि बनाउने कामलाई सरकारले छानबिन गर्नुपर्ने खतिवडाको माग थियो ।

यसैविच उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र भविष्यमा यस्ता घटना हुन नदिन योजना बनाउने बताएका छन् ।

आज मध्याह्न विमानस्थल भन्सार कार्यालयको अनुगमन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले यो काण्डको सम्पूर्ण नेक्सस केलाउने बताए । सो अवसरमा उनले सुन तस्करीमाथिको छानबिनलाई जरैसम्म पु-याउने प्रतिबद्धता व्यक्त गर्दै घटनामा जोसुकै जोडिएको भए पनि कारबाहीबाट पछि नहट्ने दाबी गरे ।

५ श्रावण २०८०, शुक्रबार १३:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा