Play

भारि मात्रामा बरामद भएको सुनको वास्तविक तौल पत्ता लगाउँदै नेपाल राष्ट्र बैंक

गुरुकुल खबर


पोखरा, मंगलबार राति काठमाडौंमा बरामद भएको एक सय किलो हाराहारीको सुनको वास्तविक तौल लिन नेपाल राष्ट्र बैंक पठाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि सुन बरामद भएको थियो ।

राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो । उक्त सुन मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएका र पछि सिनामंगलबाट विभागको टोलीले बरामद गरेको थियो । दिउसो दुई बजे विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएको सुन त्यहाँबाट ट्याक्सीमा राखेर लगिंदै गर्दा सिनामंगलमा समातिएको हो । सुन कस्को र कहाँ लान ल्याइएको थियो भन्ने तथ्य खुल्न बाँकी नै छ । सुन बरामद प्रकरणमा प्रहरीले विभिन्न छ व्यक्तिलाई पक्राउ गरेको छ ।

सुन ओसारपसारमा संलग्न आरोपमा दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङलाई नियन्त्रणमा पक्राउ गरिएको छ । अन्य २ जनाको नाम खुलेको छैन । आयातकर्ता कम्पनी रेडी ट्रेडर्सले उक्त सुन कार्गो गरी ल्याएको बताइएको छ ।

४ श्रावण २०८०, बिहीबार १२:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा