Play

कोशीका मुख्यमन्त्री थापाले लिए सपथ

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले शुत्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहिबार मुख्यमन्त्री चयन भएका उनलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

लगत्तै थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री बनेका छन् । उनीहरुले पनि शुक्रबार नै शपथ ग्रहण गरेका छन् । माओवादी केन्द्रले भने सरकारमा मन्त्री नपठाएको र मन्त्री छनोटका लागि छलफलमै रहेको जनाएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशीमा नयाँ सरकार बनेको हो । थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए, जुन विषय अहिले विवादित भएको छ ।

बिहीबार नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्दा २९ सिट भएको कांग्रेस, सभामुखसहित १३ सिट भएको माओवादी, ४ सिट भएको एकीकृत समाजवादी र १ जना सांसद भएको जसपा दलका नेताहरूले समर्थनमा हस्ताक्षर गरेका थिए ।

सविधानले प्रदेश सभामा बराबरी मत भएमा मात्रै सभामुखले निर्णायक मत दिने अनुमती दिएको छ। तर, गठबन्धनले सभामुखलाई पनि सरकार बनाउने संख्यामा प्रयोग गरेपछि विवाद बढेको छ । राप्रपा कोशी संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले गठबन्धनले संविधानविपरीत काम गरेको भन्दै अदालत जाने तयारी भएको जानकारी दिएका छन्।

२२ असार २०८०, शुक्रबार १२:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा