Play

प्युठानको भिंग्रीमा कार दुर्घटना, आठ जनाको मृत्यु

गुरुकुल खबर


प्युठानको भिंग्रीमा कार दुर्घटनामा परी घाइते भएका आठ जनाको मृत्यु भएको छ।

गम्भीर घाइते आठ जनालाई जिल्ला अस्पताल बिजुवार पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काले सेतोपाटीलाई बताए।

मृत्यु हुनेमा चार बालबालिका, दुई महिला र दुई पुरूष छन्।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी उमेशराज जोशीले दुर्घटनामा परेका मध्य दाङको लमही नगरपालिका वडा नं. ५ का तारा कुमालको मात्रै पहिचान भएको बताए।

उनका अनुसार स्वर्गद्वारी मन्दिरको दर्शनका लागि उक्त कार दाङबाट गएको भन्ने सूचना आएको जानकारी दिए।

स्वर्गद्वारी मन्दिरको दर्शन गरी कार दाङ तर्फ फर्किरहेको थियो।

प्यूठानबाट दाङ तर्फ आउँदै गरेको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका-४ भिंग्रीको घुम्तीमा पौने ४ बजे दुर्घटनामा परेको थियो।

कार करिब ४५ मिटर तल रोडमा आएर बजारिएको हुँदा बढी मानवीय क्षति भएको डिएसपी खड्काले बताए।

‘माथि रोडबाट खसेको कार तल रोडमा आएर बजारिएको हो,’ उनले भने, ‘त्यही भएर ठूलो मानवीय क्षति हुन पुग्यो।’

तीब्र गतिको कार घुम्तिमा अनियन्त्रित भई दुर्घटनामा परेको आशंका गरिएको डिएसपी खड्काले बताए।

२९ जेष्ठ २०८०, सोमबार १९:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा