Play

पोउवासंघले आयोजना गर्ने मेलाको सुझाव उपसमितिको जिम्मेवारी थापालाई

गुरुकुल खबर


पोखरा, पोखरा उद्योग वाणिज्य संघले कार्यसमिति सदस्य सौगात थापालाई राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को मिति सिफारिस तथा मेला प्रारुप सुझाव उपसमितिको संयोजकको जिम्मेवारी सुम्पेको छ ।

संघको ११ औं कार्यसमिति बैठकले उनलाई सो जिम्मेवारी प्रदान गरेको हो ।

संंयोजकको रुपमा थापाले मेलालाई कसरी उद्योगी÷व्यवसाय प्रवद्र्धनको माध्यम बनाउने भन्नेबारे विज्ञहरुसँग छलफल गरी संघलाई सुझाव प्रदान गर्ने महासचिव बलराम आचार्यले जानकारी दिए ।उपसमितिको लागि आवश्यक सदस्य छान्ने जिम्मेवारी थापालाई नै प्रदान गरिएको छ ।

थापाले आउँदो असारको अन्तिमसम्म आफ्नो रायसहितको सुझाव संंघलाई बुझाउने छन् ।उनलाई उपसमितिका सदस्यहरु छान्ने जिम्मेवारी पनि प्रदान गरिएको छ ।

नेपालमा संगठित रुपले पहिलो पटक मेला र महोत्सव आयोजाको इतिहास बनाएको संघले वर्षेनी आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेलालाई परिस्कृत गर्नुपर्ने महशुस भएपछि सो उपसमिति गठन गरिएको हो ।

पोखराको प्रतिष्ठित घराना अंशुभराका प्रबन्धनिर्देशकसमेत रहेका थापा युवा उद्यमी हुन् । अशुंभराको छातामुनि रियलस्टेट,बैंकिङ,हस्पिटालिटी,आइटी, अटोमोवाइल्स, मललगायतका व्यवसाय रहेका छन् ।

२ जेष्ठ २०८०, मंगलवार ०८:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा