Play

लेखनाथमा बस दुर्घटना, ५३ जना घाइतेहरुको पोखराका विभिन्न अस्पतालमा उपचार हुदै

गुरुकुल खबर


पोखरा । पोखरा महागनरपालिका २७ लेखनथस्थित डाँडाकोनाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा चालकसहित ५३ जना घाइते भएका छन् ।

पोखरा विश्वविद्यालयबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६७४७ नम्बरको लेखनाथ मिनी माइक्रो बस दुर्घटनामा परेको हो ।
घाइतेहरुको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज, फिस्टेल अस्पताल र मेट्रो सिटि अस्पतालमा उपचार भईरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उनले बताए । बस करिब १५ मिटर तल खोलामा खसेको बसमा अधिकांश पोखरा विश्वविद्यायलबाट फर्किदै गरेका विद्यार्थी रहेका छन् ।

७ फाल्गुन २०७९, आईतवार २०:१५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा