Play

लायन्स क्लब अफ पोखरा समृद्धिको नयाँ समिति चयन, अध्यक्षमा सिमा कोइराला

गुरुकुल खबर


पोखरा, लायन्स क्लब अफ पोखरा समृद्धिको हालै सम्पन्न साधारणसभा तथा अधिबेशनले आगामी कार्यकाल अर्थात लायन बर्ष २०२६/२७ को लागि नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा सिमा कोइराला चयन भएकी छन।

पोखरा महानगरपालिका -४ निवासी कोइराला लामो समयदेखि ब्यापार व्यवसायमा संलग्न छन। उनि लायन्स बाहेक अन्य बिभिन्न संघसंस्थामा एबम राजनीतिक गतिविधिमा पनि सक्रिय छन । यस अगाडी उक्त लायन्स क्लबको अध्यक्षको जिम्मेवारी सन्ध्या लिगल बनियाले सम्हालेकी थिईन ।

क्लबको प्रथम उपाध्यक्षमा मधु गुरुङ, द्वितीय उपाध्यक्षमा संगीता सुबेदी, सचिबमा सुमित्रा बाँस्तोला र सहसचिबमा इशा होनालाई चयन गरिएको छ। यसैगरी क्लबको तर्फबाट एलसीआइएफ संयोजकमा रोजिना कुँवर तथा इन्भाईरोमेन्ट चियरपर्सनमा इन्द्र श्रेष्ठलाई चयन गरिएको छ।

महिलाहरु मात्र सदस्य रहेको उक्त क्लबको कार्यसमितिको सदस्यहरुमा मनु श्रेष्ठ र रोशनी लिगल रहेको  नवनिर्बाचित अध्यक्ष कोइरालाले गुरुकुल खबरलाई जानकारी दिईन ।

२९ चैत्र २०८२, आईतवार १५:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा