Play

हजारौं गीतमा स्वर दिएकी प्रसिद्ध भारतीय पार्श्वगायिका आशा भोसलेको निधन

गुरुकुल खबर


काठमाडौँ,  ‘दम मारो दम’, ‘चुरा लिया है तुमने जो दिल को’ र ‘पिया तू अब तो आजा’ जस्ता लोकप्रिय र कालजयी गीतमा स्वर दिएकी प्रसिद्ध भारतीय पार्श्वगायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । हृदयाघात भएपछि शनिबार उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको अवस्था गम्भीर बन्दै गएपछि निधन भएको बताइएको छ ।

आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनी दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहिन् । उनी ९२ वर्षकी थिइन् । ८ सेप्टेम्बर १९३३ मा महाराष्ट्रमा जन्मिएकी आशा भोसलेले महज ९ वर्षको उमेरदेखि नै गायन यात्रा सुरु गरेकी थिइन्। पिता दीनानाथ मंगेशकरको निधनपछि परिवारको आर्थिक जिम्मेवारी सम्हाल्न उनले दिदी लता मंगेशकरसँगै गीत गाउन र अभिनय गर्न थालेकी थिइन्। सन् १९४३ मा मराठी फिल्मबाट पार्श्व गायन सुरु गरेकी उनले १९४८ को फिल्म ‘चुनरिया’ बाट हिन्दी सिनेमामा पाइला टेकेकी थिइन्।

आफ्नो बहुमुखी प्रतिभाका कारण गजल, भजन, पप र शास्त्रीय संगीतमा जादुमयी स्वर दिएकी आशा ताईको नाममा विश्व कीर्तिमान समेत रहेको छ। सन् २०११ मा गिनीज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई संगीतको इतिहासमा विश्वमै सबैभन्दा बढी स्टुडियो रेकर्डिङ गर्ने कलाकारको रूपमा मान्यता दिएको थियो।  उनले २० भन्दा बढी भारतीय र विदेशी भाषाहरूमा १२ हजार भन्दा बढी गीत गाएकी छिन्।

भारतीय संगीत क्षेत्रमा लामो समय योगदान दिएकी भोसले अद्वितीय स्वरकी धनीका रूपमा परिचित थिइन् । उनको संगीत यात्रा बाल्यकालदेखि नै सुरु भएको थियो। उनका पिता दीनानाथ मंगेशकर शास्त्रीय संगीतका ज्ञाता थिए, जसका कारण परिवारमै संगीतको वातावरण थियो। उनकी दिदी लता मंगेशकरसँगै सानैदेखि गायनमा लागेकी भोसलेले आफ्नै पहिचान स्थापित गर्न लामो संघर्ष गर्नुपरेको थियो । पछि उनले भारतीय संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउँदै हजारौँ गीतमा स्वर दिइन् । उनको निधनसँगै भारतीय संगीत जगतले एक युगीन स्वर गुमाएको छ भने विश्वभरका संगीतप्रेमीहरू शोकमा डुबेका छन् ।

२९ चैत्र २०८२, आईतवार १३:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा