Play

लायन्सको डिष्ट्रिकमा नयाँ गभर्नर: ३२५ एलमा भुषाल, पराजुली र श्रेष्ठ तथा ३२५ जेमा बाँस्तोला, मल्ली र शर्मा

गुरुकुल खबर


पोखरा, लायन्स इन्टरनेसनल अन्तर्गत नेपालमा रहेका १५ डिष्ट्रिकमध्ये डिष्ट्रिक्ट ३२५ एल र डिष्ट्रिक जे को चौथो डिष्ट्रिक्ट कन्भेन्सन छुट्टाछुट्टै रुपमा सम्पन्न भएको छ। लायन्स अन्तर्गतका बिभिन्न क्लब साथै डिष्ट्रिक र इन्टरनेसनलको कार्यसमितिको कार्यकाल एक बर्षको मात्र हुने भएकोले हरेक बर्षको चैत्र, बैशाख महिनामा  बिभिन्न क्लबसहित डिष्ट्रिकको कन्भेन्सन हुनेगर्छ ।

लायन्स इन्टरनेसनलले नेपालमा प्राकृतिक बिपत्ति, शिक्षा, आँखा उपचार सहित  स्वास्थ्य र नेतृत्व बिकास लगायतको क्षेत्रमा महत्वपूर्ण सहयोग गरिरहेको छ। जसका कारण नेपालमा लायन्स कल्बको सदस्य बन्नेको संख्या बढ्दै जाने क्रममा लायन्स क्लबको संख्या मात्र नभएर डिष्ट्रिकको संख्या पनि बढ्दै गएको छ। हाल नेपालमा लायन्स इन्टरनेसनल अन्तर्गत १५ वटा डिष्ट्रिक रहेका छन ।

यसैक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ एल को कन्भेन्सन अर्थात महाधिबेशनबाट आगामी एक बर्षे कार्यकाल २०२६/२७ को लागि डिष्ट्रिक गभर्नरमा तारा भुषाल, फर्स्टडी भाइस डिष्ट्रिक गभर्नरमा तेजनारायण पराजुली र सेकेन्ड भाइस डिष्ट्रिक गभर्नरमा मनकृष्ण श्रेष्ठ निर्बाचित भएका छन । गभर्नरमा निर्बाचित भुषाल लायन्स क्लब अफ काठमाडौँ म्याग्दीमा आबद्द छिन।

यसैगरी फर्स्ट भाइस डिष्ट्रिक गभर्नरमा निर्बाचित तेजनारायण पराजुली पोखराको पुरानो क्लब लायन्स क्लब अफ पोखरा मुनालमा आबद्ध छन । उनि लायन्स र  लियोको बिभिन्न जिम्मेवारी सम्हाल्दै आएकोमा अर्को बर्ष उक्त डिष्ट्रिकको गभर्नर बन्ने यात्रामा पुगेका छन। पोखरा -६ लेकसाइडका बासिन्दा पराजुली पोखरा बिश्वबिधालयमा सहप्रशासकको रुपमा कार्यरत छन ।

यसैगरी, सेकेन्ड भाइस डिष्ट्रिक गभर्नरमा निर्बाचित मनकृष्ण श्रेष्ठ लायन्स क्लब अफ काठमाडौँ गौरीशंकरमा आबद्द छन। लायन्स डिष्ट्रिक ३२५ जे को महाधिबेशन यहि चैत्रको शुरुमा सम्पन्न भएको थियो। डिष्ट्रिकका गभर्नर एकनारायण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि लायन्स इन्टरनेसनलका पुर्व डाइरेक्टर बालकृष्ण बुर्लाकोटी रहेका थिए ।

महाधिबेशन सम्पन्न भएपछि डिष्ट्रिक ३२५ एलको गभर्नरमा निर्बाचित तारा भुषालले डिष्ट्रिकको चिफ एड्भाइजरमा बिपिन मल्ल, सचिबमा प्रवेश निरौला र कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठलाई मनोनित गरेको सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए ।

यसैगरी, लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ जे को हालै पोखरामा सम्पन्न कन्भेन्सनबाट आगामी कार्यकालको लागि डिष्ट्रिक्ट गभर्नरमा प्रजापती बास्तोला, फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा कुशप्रसाद मल्ली र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् ।

कन्भेन्सनको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि इन्टरनेसनल डाइरेक्टर पंकज मेहता र विशेष अतिथि पाष्ट इन्टरनेसनल डाइरेक्टर  सञ्जय खेतानले नेपालमा लायन्स क्लबले गरेको कार्यको प्रशंसा गर्दै सदस्यता वृद्धिमा अझ ध्यान दिन आग्रह गरे ।  हालका डिष्ट्रिक्ट गभर्नर मिलन बाबु मल्लको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो  ।

यसैबीच, डिष्ट्रिक्ट गभर्नरमा निर्बाचित बास्तोलाले क्याबिनेट सचिवमा जीवन गोर्खाली, क्याबिनेट कोषाध्यक्षमा पुरुषोत्तम प्रसाद पराजुलीलाई मनोनित गरेका छन् । त्यसैगरी चिफ एडभाईजरमा राजु श्रेष्ठ र चिफ गभर्नर एडमा रामराजा थापालाई मनोनित गरेका छन् ।

कार्यक्रममा पुर्व गभर्नरहरु मिलन थापा, ध्रुबबहादुर थापा, योगेन्द्र प्रधान, हरिप्रसाद मरहट्टा, प्रेम बहादुर श्रेष्ठ, ध्रुव श्रेष्ठ लगायत करिब १ हजार लायन्स सदस्यहरुको सहभागिता रहेको थियो  थियो । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने लायन्स लिडरहरुलाई सम्मान गरिएको थियो । कन्भेनर  सुर्य प्रसाद बरालले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

त्यसैगरी उक्त दिन सम्पन्न लियो डिष्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालको कन्भेन्सनबाट आगामी कार्यकालको लागि लियो डिष्ट्रिक्ट प्रेसिडेन्टमा आशिष थापा र लियो भाईस डिष्ट्रिक्ट प्रेसिडेन्टमा माधव तिमल्सिना निर्वाचित भएका छन् । इलेक्ट लियो प्रेसिडेन्ट थापाले लियो डिष्ट्रिक्ट सचिवमा सहनसिल बराल र कोषाध्यक्षमा बिनिता बोगटीलाई मनोनित गरेका छन्

२९ चैत्र २०८२, आईतवार १२:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा