Play

आजबाट फेवा नवबर्ष महोत्सब: पोखरामा रहेका पर्यटनमन्त्री पौडेल महोत्सबमा नआउने, सिडिओले उद्घाटन गर्दै

रिबन काट्ने कार्यक्रममा सहभागि नहुने भन्दै पर्यटन मन्त्रीले समय नदिएको आयोजकको भनाई


गुरुकुल खबर


पोखरा, पर्यटकीय राजधानी पोखरामा ‘पर्यटन, संस्कृति र खाना’ को प्रबर्द्दन सहित नेपाली नयाँ बर्षको अबसर पारेर आज आइतबारदेखि २१औं संस्करणको फेवा नववर्ष महोत्सव २०८३ हुँदैछ । आजबाट शुरु हुने महोत्सब वैशाख १ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धन तथा होटल सङ्घ पोखरा नेपालको आयोजनामा हुने महोत्सवको तयारी पूरा भएको सङ्घका अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण सुवेदीले जानकारी दिएका छन ।अध्यक्ष सुबेदीका अनुसार खहरेदेखि सहिदचोकसम्मको सडक क्षेत्रमा महोत्सव आयोजना गरिनेछ र पर्यटकहरू पोखरा आउने क्रम सुरु भइसकेको छ।

महोत्सवको उद्घाटन खहरे चोकबाट बिहान ११ बजे विभिन्न सांस्कृतिक झाँकी र र्‍यालीसहित सुरु भई अम्बोटमा पुगेर औपचारिक समारोहमा परिणत हुने कार्यक्रम रहेको छ । सोहि औपचारिक समारोहमा महोत्सबको उद्घाटन गरिने कार्यक्रम रहेको छ। यसपटक पोखरामा हुन् लागेको महोत्सबमा ३ लाखको हाराहारीमा आन्तरिक एबम बाह्य पर्यटकहरुको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ।

फागुन २१ को निर्बाचनपछि बनेको नयाँ सरकारमा कास्की जिल्लाको निर्बाचन क्षेत्र न. १ बाट प्रतिनिधिसभामा निर्बाचित गनेश पौडेलले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेको र उनि पोखरामै आएको समय भएपनि महोत्सबको उद्घाटन समारोहमा उनि सहभागी नहुने बुझिएको छ।  महोत्सब आयोजक संस्था पोखरा होटल संघका अध्यक्ष लक्ष्मण सुबेदीले गुरुकुल खबरसंग कुरा गर्दै महोत्सबको उद्घाटनको लागि पोखराबाट पर्यटन मन्त्री बनेका पौडेललाई आग्रह गरिएको भएपनि समय नदिएको बताए।

‘पर्यटन मन्त्रीजीले समय दिनुभएन, त्यसपछि कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा पौडेलले महोत्सबको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।’ अध्यक्ष सुबेदीले भने। ‘हामीले पर्यटन मन्त्री समक्ष महोत्सबको उद्घाटन गर्नको लागि आग्रह गरेका थियौं, तर वहांले रिबन काट्ने जस्ता कार्यक्रममा आँफु सहभागी नबन्ने भनेर उद्घाटन समारोहमा प्रमुख अतिथि बन्ने कुरालाई पनि स्वीकार गर्नुभएन’ सुबेदीको भनाइ थियो।

पर्यटकीय राजधानी शहर पोखराका ११ वडा सहित कास्कीका मादी र रुपा गाउँपालिका रहेको कास्की क्षेत्र न. १ बाट बिजयी सांसद पौडेल शनिबार दिनभर पोखरामा आयोजित बिभिन्न छलफल र भेटघाटमा सहभागी थिए । उनले बढी समय राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा समय बिताएको बुझिएको छ आइतबार पनि उनि बिभिन्न व्यक्ति र संस्था वा निकायसंगको छलफलमा रहेको र आइतबार दिउँसो नै काठमाडौँ जाने बुझिएको छ।

यसैबीच नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका वरिष्ठ अधिकृत मणिराज लामिछानेले विक्रम संवत्‌बारे युवा पुस्तामा जानकारी र चासो बढाउने उद्देश्यले बोर्डले महोत्सवमा सहकार्य गरेकोजानकारी दिए । उनले विद्यालय तथा क्याम्पसहरूमा बिदा रहेको यस समयमा “घुम्न कहाँ जाने?” भन्ने प्रश्नमा पोखरा प्रमुख गन्तव्य बन्ने विश्वास समेत व्यक्त गरे।

प्रत्येक वर्ष गरिंदै आएको महोत्सबमा आकर्षणहरु थप गर्दै जाने लक्ष अनुरुप यस बर्षपनि आयोजक सहित पोखराका होटल ब्यबसायीले बिभिन्न छुट र प्याकेजहरु सार्बजनिक गरेका छन । महोत्सवका अवसरमा होटल सङ्घअन्तर्गतका सदस्य होटलहरूले प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । साथै, इ–सेवामार्फत होटल बुकिङ गर्दा १० प्रतिशतसम्म क्यास ब्याकको सुविधा पनि उपलब्ध गराइने भएको छ । महोत्सवका मुख्य आकर्षणमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, पञ्चेबाजा प्रतियोगिता र पर्यटक दौड प्रतियोगिता लगायतका रहेका छन् ।

२९ चैत्र २०८२, आईतवार १०:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा