पोखरा, अधिकृत बिक्रेता संघ पोखराले प्रकाशन भित्तेपात्रो (क्यालेण्डर)को विमोचन गरिएको छ अधिकृत बिक्रेताहरुको लागि आयोजित बिमा सम्बन्धि प्रशिक्षण र नयाँ वर्ष २०८३ को शुभकामना आदान- प्रदान कार्यक्रममा क्यालेन्डर बिमोचन गरिएको हो ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित उक्त कार्यक्रमको अध्यक्षता अधिकृत बिक्रेता संघ पोखराका अध्यक्ष तेजेन्द्र पौडेलले गरेका थिए । त्यस अवसरमा बोल्दै पौडेलले संघले वार्षिक रूपमा बिभिन्न कार्यक्रम गर्दै आईरहेको तथा आगामी दिनमा पनि गर्दै जाने बताए उनले बिक्रेताहरुको व्यवसायीक हक हितका लागि संघ प्रतिबद्द रहेको बताए ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष गोबिन्द कर्माचार्यले संघले व्यवासाय सञ्चालन गर्दाका सहजता तथा कठिनाई लगाएतका विषयहरूमा बोल्दै संस्थाले सदस्यहरुको समस्या समाधानमा सहजीकरण गर्नुपर्नेमा जोड दिए।
हिमालयन एभरेस्ट ईन्सुरेन्सका बिमा जोखिम न्यूनिकरण विभागका प्रमुख दिवस तिमिल्सिनाले निर्जिवन बिमाका बिविध पक्षहरु सहित बिमाको परिभाषा, यसको महत्व र विमा गर्ने प्रकृयावारेमा सहभागी ब्यबसायीलाई जानकारी गाएका थिए ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष दिलिप कुमार श्रेष्ठ ,महासचिव राजेन्द्र श्रेष्ठ, कार्यक्रम संयोजक बिजेन्द्र शर्मा पौडेल, संघकी सदस्य बिन्दुरानी शर्मा लगायतले संघको गतिविधिका बारेमा आआफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा विभिन्न प्रतियोगितात्मक खेलकूद लगाएत विविध मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रममा सहभागि संचारकर्मी श्रीराम सिग्देलले गुरुकुल खबरलाई जानकारी दिए ।
















