Play

लोकप्रिय गायिका आशा भोसलेलाई हृदयाघात, अस्पतालमा उपचार जारी

गुरुकुल खबर


काठमाडौँ,  भारतीय लोकप्रिय एबम दिग्गज गायिका आशा भोसलेलाई हृदयाघात भएको छ । ९२ वर्षीया आशालाई हृदयघातका कारण अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुटुसम्बन्धी (कार्डियाक) र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि शनिबार उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा भर्ना गरिएको हो।

९२ वर्षीया भोस्ले पछिल्लो केही महिनादेखि अस्वस्थ रहँदै आएकी थिइन्। अस्पताल स्रोतका अनुसार अहिले उनको अवस्था गम्भीर रहेको भारतीय संचारमाध्यमले जनाएका छन्।  उनको स्वास्थ्य अवस्थाबारे परिवारले अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।

भारतीय संगीत क्षेत्रकी दिग्गज गायिका भोस्लेले ८ दशकभन्दा लामो करिअरमा हजारौं गीत गाएकी छन्। उनले थुप्रै कालजयी र सुमधुर नेपाली गीतमा समेत स्वर दिएकी छन्।

केही महिनादेखि उनी अस्वस्थ रहेको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन । उनलाई मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा भर्ना भएको टाइम्स अफ इण्डियाले जनाएको छ।

२८ चैत्र २०८२, शनिबार २३:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा