Play

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको गाडीको ठक्करबाट स्कुटरमा सवार दुईजनाको मृत्यु

गुरुकुल खबर


पोखरा, पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोटा पिकअप गाडीले डिभाइडर नाघेर बिपरित दिशाबाट आफ्नै लेनमा आउंदै गरेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक अमृत लामिछानेका अनुसार गाडीको ठक्करबाट घाइतेमध्ये एक जनाको  अर्को एक जनाको तनहुँ सेवा अस्पताल दुलेगौंडामा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्कुटर चालक पाँचथर घर भई हाल तनहुँको गाछेपानीस्थित श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा पुजारीको रुपमा कार्यरत ३० वर्षिय गणेश खतिवडा र गाछेपानी निवासी स्कुटरको पछाडी सवार ५५ वर्षिय कृष्ण बहादुर भुजेल रहेका छन् । खतिवडा विगत ४ वर्षदेखि च्यवनधाममा पुजारीको रुपमा कार्यरत थिए ।

खतिवडाको तनहुँ सेवा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक धननारायण श्रेष्ठले जानकारी दिए । भुजेलको पोखरास्थित गण्डकी मेडिकल कलेजमा र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडी र गाडी चालक ललितपुरका ६३ वर्षिय कृष्ण बहादुर श्रेष्ठ प्रहरीको नियन्त्रणमा छन् । सीसीटीभी फुटेजमा देखिए अनुसार विपरित लेनमा आएर स्कुटरलाई ठक्कर दिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२८ चैत्र २०८२, शनिबार २२:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा