काठमाडौँ, बैंकर्स एशोसियसनको नेतृत्वमा बिभिन्न बाणिज्य बैंकका सिईओहरु तथा बैंकरहरुले अर्थमन्त्री स्वर्णिम वाग्लेसंग भेटबार्ता गरि बैंकिंग क्षेत्रसंग सम्बन्धित बिभिन्न बिषयमा कुरा राखेका छन । भेटका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकर्सहरुलाई बैंकवित्तमा गर्नुपर्ने नयाँ कामका बारे जिज्ञासा राखेका थिए ।
भेटबार्तामा बैंकर्सले खराव कर्जा बढ्दै गएको, कर्जायोग्य रकम बढ्दै गएको बताउँदै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । पछिल्लो समयमा बैंकमा लगानीयोग्य रकम थपीँदै गएको उनीहरुले जानकारी गराए ।
भेटमा अर्थमन्त्री वाग्लेले मुलुकमा लगानीको वातावरण तयार गर्न सरकार प्रतिबद्ध भएको बताए।
















