काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा खोज पत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त भएकी छन् । प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाल शुक्रबार नियुक्त भएकी हुन् । बिगत दुई दशकदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि कार्यभार सम्हालेकी छन् ।
उनी भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी छन् । दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन बिधामा २० वर्षभन्दा बढीको व्यवसायिक पत्रकारिताको अनुभव छ । उनले पछिल्लो समय उकालोडटकममा वरिष्ठ संवाददाताको रुपमा खोज पत्रकारिता गर्दै आएकी थिइन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पसमा ७ वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी दाहाल पत्रकारिता, सञ्चार सिप र मौलिक नेतृत्व (अथेन्टिक लिडरसिप) नेतृत्वको प्रशिक्षक समेत हुन् ।














