Play

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि : कि त भाडा बढाउनुपर्यो कि त यातायात सेवा बन्द गर्छौं- यातायात ब्यबसायी महासंघ

हवाई इन्धनको मूल्य बढेको भन्दै हवाई भाडा बढाउने सरकारले यातायात व्यवसायीको कुरा भने सुनेन


गुरुकुल खबर


पोखरा, सार्बजनिकं यातायात ब्यबसायीहरुले सार्वजनिक यातायातका साधनको भाडा तत्काल समायोजन गर्न सरकारसंग माग गरेको छन । यातायात ब्यबसायी हरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार जारी गरेको बिज्ञप्तिमा पेट्रोलियम पदार्थको मुल्य केहि दिनको अन्तरालमा तिन पटकसम्म वृद्धि हुँदा पनि सार्बजनिक सवारीका साधनको भाडा समायोजन गर्ने तर्फ सरकारको ध्यान नगएको भन्दै तत्काल भाडा समायोजन गर्नुपर्ने माग गरिएको छ ।

सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमले यहि चैत्र २ गते, ११ गते र १९ गते गरि तीनपटकसम्म पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकोमा यातायात ब्यबसायी महासंघले पनि चैत्र २ गते र ११ गते बिज्ञप्तीमार्फत सरकारको ध्यानाकर्षण गराएको थियो । तर, सरकारले हवाई इन्धनको मूल्य बढेको भन्दै हवाई भाडा वृद्धि गर्ने निर्णय गरिसकेको छ तर यातायात व्यवसायीको माग भने सरकारले अझै सम्म सुनेको छैन ।

यातायात ब्यबसायी महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा हवाई इन्धनको मूल्य बढ्नेबित्तिकै हवाई भाडा समायोजन भइसक्ने तर सार्वजनिक यातायातको हकमा सरकार मौन रहनु विभेदकारी भएको जनाइएको छ। बिज्ञप्तीमा जनाइए अनुसार यातायात व्यवस्था विभागले चैत ५ गते नै यात्रुवाहक तर्फ ११.३३%, पहाडी मालवाहक तर्फ १४.२९% र तराई मालवाहक तर्फ ८.८१% भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरे पनि हालसम्म सरकारले कार्यान्वयन गरेको छैन।

तिन तिन पटकसम्म पेट्रोलियम पदार्थको मुल्य बढाईनु तर भाडा समायोजन गर्नेतर्फ सरकारको ध्यान नदिंदा यातायात ब्यबसायीले दैनिक लाखौँ रुपैया घाटामा सवारी साधन संचालन गर्नुपरेको भन्दै बिज्ञप्तिमा कि त तत्काल भाडा समायोजन गर्न अन्यथा सार्वजनिक यातायात सेवा बन्द गर्नुपर्ने चेतावनी समेत दिईएको छ।

महासंघले संघीय तथा सातै प्रदेश सरकारलाई वैज्ञानिक विधिअनुसार यथाशीघ्र भाडा समायोजन गर्न माग गर्दै माग पूरा नभए व्यवसायीहरूले आफैँ भाडा तोकेर असुल गर्ने वा सेवा बन्द गर्ने चेतावनी समेत दिएका छन्। उनीहरुले  वैज्ञानिक विधिलाई आधार मानी भाडा स्वघोषणा गरी लिने विकल्प नरहेको समेत जनाएका छन।

२० चैत्र २०८२, शुक्रबार १८:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा