पोखरा, काठमाडौं महानगरपालिका वडा न. २६ ठमेलबाट ३५ बर्षीय चिनिया नागरिक झू यी फेंग (Zhu Yi Feng) लाई १७ करोड ७९ लाख ७० हजार ३७१ नेपाली रुपैया बराबरको अभौतिक मुद्रा USDT(Crypto Currency) सहित काठमाडौँ प्रहरीले पक्राउ गरेको छ ।
उनको साथबाट तिन थान मोबाइल र रकम बाहिर पठाउन प्रयोग गरिने इन्टरनेसनल एक्सप्रेस लेखिएको कागजातहरू पनि बरामद गरिएको प्रहरीले जनाएको छ पक्राउ परेका निज चिनिया नागरिकलाई काठमाडौं जिल्ला अदालतबाट पांच दिनको म्याद थपको अनुमति लिएर आबश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काठमाडौँले जनाएको छ।
बिभिन्न सामाजिक संजाल मार्फत नेपाली नागरिकहरुसंग कुराकानी गरेर बिभिन्न किसिमको प्रलोभनमा पार्ने र उनीहरुलाई बिश्वासमा लिएर बैंक खाता प्रयोग गरेर रकम ठगि गर्ने गरेको खुलेको प्रहरीको भनाई छ ।
ठगी गरेको रकमलाई अभौतिक मुद्रामा साटी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले ति चिनिया नागरिकलाई हिजो बिहिबार साँझ पक्राउ गरेको थियो ।














