Play

साइबर अपराध गरेको अभियोगमा पश्चिम एशियाका द्वन्दग्रस्त मुलुकबाट ११ नेपाली पक्राउ

गुरुकुल खबर


काठमाडौँ, पश्चिम एसियामा जारी द्वन्द्वको बारेमा डर त्रास फैलाउने खालका फेक न्युज र साइबर अपराधजन्य गतिविधिमा संलग्न रहेको आरोपमा ११ जना नेपालीहरु पक्राउ परेका छन् । पक्राउ परेका नेपालीहरुले स्थानीय सरकारको निर्देशन र गाइडलाइनको पालना नगरी नियम उल्लङ्घन गरेको कारण पक्राउ परेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार विदेशमा रहेका नेपाली नागरिकलाई फेक न्युज र साइबर अपराधजन्य गतिविधिमा संलग्न नहुन पटक पटक आग्रह गरिए पनि उनीहरू कुनै न कुनै रूपमा संलग्न रहेको पाइएपछि पक्राउ परेको सम्बन्धित देशले जानकारी गराएका हुन् । यद्यपि मन्त्रालयले पश्चिम एसियाका कुन देशबाट कति नेपाली श्रमिक पक्राउ परे भन्नेबारे भने बिस्तृत खुलाएको छैन ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्रीले पश्चिम एसियामा जारी द्वन्द्व बारेमा त्रास फैलाउने उद्देश्यका सामग्री उत्पादन र प्रसारण नगर्न पटक पटक आग्रह गर्दै आएको बताए । डर वा भ्रम सिर्जना गर्ने फोटो, भिडियो वा अन्य सामग्री नबनाउन, त्यस्ता सामग्री सामाजिक सञ्जाल वा निजी सन्देशमार्फत पनि सेयर नगर्न आग्रह गरेको उनले बताए ।

सङ्कटको समयमा आफू बसेको देशका कानुन र सुरक्षा सम्बन्धी नियमको पूर्ण पालना गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ । उल्लङ्घन गरेमा ठुला जरिवाना, कैद सजाय तथा देश निकाला (डिपोर्ट) जस्ता कडा कानुनी कारबाही भोग्नुपर्ने अवस्था आउने चेतावनी मन्त्रालयले दिएको छ ।

पश्चिम एसियामा जारी तनाव (इजरायल, लेबनान, इरान र साउदी अरब वरपर) ले भिषण द्वन्दको रुप लिंदा १७ लाख बढी नेपालीको सुरक्षामा चुनौती थपिएको छ। खाडी क्षेत्रमा अस्थिरताको कारण आपुर्ती, आर्थी वृद्धि र रेमिटेन्समा गम्भीर असर पर्ने देखिएको छ नेपाल सरकारले द्वन्दमा प्रभावित नागरिकको उद्वारको लागि अनलाइन दर्ता र २४ सै घण्टा कन्ट्रोल रुम समेत संचालन गरेको बुझिएको छ ।

२० चैत्र २०८२, शुक्रबार १७:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा