Play

विश्वका बिभिन्न मुलुकमा रहेका नेपाली मूलका मानिसलाई नेपालसंग जोड्न पहल गर्छु – गगन थापा

गुरुकुल खबर


काठमाडौं, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभरमा बसोवास गर्ने नेपाली मूलका मानिसलाई नेपालसंग जोड्न नेपाली कांग्रेसले पहल गर्ने बताएका छन। एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का अध्यक्ष डिल्लीराम अधिकारी, उपाध्यक्ष बरिष्ठ अधिबक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रष्टी ओमराज गुरुंगसहितको प्रतिनिधिमण्डलसंग विहीबार सांझ भेट गर्दै सभापति थापाले नेपाली कांग्रेसले आफ्‌नो चुनावी घोषणा पत्रमा नेपाली मूलका मानिसलाई समेट्ने प्रयास गरेको जानकारी समेत दिए ।

एएनओका अध्यक्ष अधिकारीले नेपालको विकास र समृद्धिका लागि आफ्‌नै मूलका मानिसहरुबाट लगानी आकर्षित गर्नुपर्ने र यसका लागि नेपालले नेपाली मूल मैत्री कानून निर्माण गर्नुपर्ने भन्दै नेपाली कांग्रेसको ध्यानाकर्षण गराएका थिए । नेपाली संस्कृतिका माध्यमबाट विश्वभरका नेपालीलाई जोड्ने अभियानमा एएनओ क्रियाशील रहेको उनको भनाई थियो ।  एएनओका उपाध्यक्ष एबम बरिष्ठ अधिबक्ता सुशीलकुमार पन्तले नेपाली पनका माध्यमबाट विश्वभरको नेपाली मनहरु जोड्न नेपाल सरकार र दलहरुले उचित कार्यक्रमहरु ल्याउनुपर्ने धारणा राखे ।

भेटका क्रममा एएनओका प्रतिनिधिहरुले विश्वका विभिन्न क्षेत्रमा चलिरहेको युद्धका कारण ती क्षेत्रमा बसोबास गरिरहेका नेपाली मुलका मानिसहरु जुनसुकै बेला जे पनि हुनसक्ने अवस्थामा भएकाले उनीहरुको सुरक्षा र उद्दारको लागि विपक्षी दलको हैसियतले नेपाली कांग्रेसले पहल गर्न ध्यानाकर्षण  गराएका थिए । एएनओले दिएको ध्यानाकर्षण पत्रमा लाखौंको संख्यामा रहेका उनीहरुको उद्धार र उचित रोजगारीको व्यवस्थाका लागि सशक्त आवाज उठाइदिन आग्रह गर्दै युक्रेन र रुसका बीच चलिरहेको युद्धमा दुबै पक्षका सेनामा भर्ती भएका नेपालीहरुको तत्काल पहिचान गरी उनीहरुलाई स्वदेश फर्काउन गम्भीर कुटनैतिक प्रयास आवश्यक रहेको उल्लेख गरिएको छ ।

पत्रमा भनिएको छ, “यसमा सभापतिज्यू र नेपाली कांग्रेसले उचित कदम चाल्नेछ भन्ने विश्वास लिएका छौं । साथै उनीहरुको उचित रोजगारीको व्यवस्था गर्ने चुनौतीपूर्ण कार्यमा समेत सशक्त आवाज उठाउनु जरुरी भएकोतर्फ सभापतिज्यूको ध्यानाकर्षण गराउन चाहान्छौं ।” नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी र नेपाल लोकतान्त्रिक अपांग महासंघका अध्यक्ष माधव चम्लागाईंको समेत उक्त भेटघाटमा सहभागिता रहेको थियो।

भेटघाटका अबसरमा एएनओ नेपाली मूलका मानिसहरुको एक साझा अभियानका रुपमा शुरु भएको र अभियानलाई अघि बढाउन गत मार्च २०२४ मा अमेरिका निवासी समाजसेवी डिल्लीराम अधिकारीको अध्यक्षतामा केन्द्रीय समिति गठन गरिएको जानकारी गराइएको थियो। २७ देशमा रहेका नेपालीहरु थाइल्याण्डको राजधानी बैंककमा भेला भई केन्द्रीय कमिटी गठन गरेपछि  हालसम्म विभिन्न ७ मुलुकहरुमा राष्ट्रिय कमिटी समेत बनिसकेको बताइएको छ ।

१२ चैत्र २०८२, बिहीबार २०:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा