Play

रास्वपाको संसदीय दलको नेतामा बालेन्द्र शाह चयन, प्रधानमन्त्री नियुक्त हुने बाटो खुल्यो

गुरुकुल खबर


पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । यो  निर्णयस‌ँगै बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्ति गर्न मार्ग खुलेको छ । उनलाई संसदीय दलको नेता चयन गर्ने  प्रस्ताव पार्टी सभापति रवि लामिछानेले गरेका थिए ।

‘नेपालको संविधान २०७२ को धारा ७६को उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ’ भन्ने उल्लेख भएकोले  बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गरि उनकै नेतृत्वमा मन्त्रिपरिषद् गठन हुने भएको हो ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाले करिब दुई तिहाइ सिट जितेर संसदमा पहिलो दल बनेको थियो । रास्वपासँग सहज बहुमत भएकाले राष्ट्रपतिले उनलाई धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्री नियुक्त गर्ने र भोलि शुक्रबार नै शपथ खुवाउने कार्यसूची तय भएको छ ।

१२ चैत्र २०८२, बिहीबार १९:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा