Play

मापसे गरि स्कुल बस चलाउने बिभिन्न स्कुलका चालक पक्राउ, कडा कारबाही गर्ने पोखराका मेयरको चेतावनी

गुरुकुल खबर


पोखरा, मादक पदार्थ सेवन (मापसे) गरी बिधार्थीहरु स्कुल बस चलाउने ५ बस चालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ। कास्की जिल्ला प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी सहितको संयुक्त टोलीले पोखराका विभिन्न स्थानमा  सोमबार बिहान सवारी साधनको जाँच गर्ने क्रममा बिधार्थी बोकेको बस चलाउँदै गरेका ५ जना बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

सोमबार बिहान बिधार्थीहरु लिन गैरहेका बसका चालकहरुले मापसे गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।  पक्राउ पर्नेहरूमा माउन्ट हेभन बोर्डिङ स्कुलको ग १ क ३६७४ नम्बरको बस चालक ३३ वर्षीय आन्नद परियार,  पोखरा ५ प्रस्याङ बस्ने कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग १ क १३८२ नम्बरको बसका चालक ३७ वर्षीय गौतम गुरुङ रहेको प्रहरीले जनाएको छ ।

यसैगरी बिन्धेश्वरी बोर्डिङ स्कुलको ग १ क ६२२१ नम्बरको बस चालक पोखरा-१५ बस्ने ४४ वर्षीय भक्त बहादुर गुरुङ, पोखरा १६ बस्ने अञ्जली बोर्डिङ स्कुलको ग १ क ६४०३ नम्बरको बस चालक ४८ वर्षीय डम्बर बहादुर गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यसका साथै एसओएस बोर्डिङ स्कुलको ग १ क ६४३३ नम्बरको बस चलाउने ४७ वर्षीय पदम बि.क. लाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

स्कुल बस जस्तो संवेदनशील क्षेत्रमा चालकहरूले देखाएको यस्तो गैरजिम्मेवारपनले दुर्घटनाको जोखिम बढाएको भन्दै प्रहरीले चेकजाँचलाई थप कडा बनाउने जनाएको छ । पक्राउ परेका सबै चालकहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा राखी आवश्यक अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

यसैबीच, पोखरा महानगरपालिकाले विद्यालय तथा कलेजका बस चालकले मादक पदार्थ सेवन (मापसे) गरे/नगरेको विषयमा कडा चेकजाँच गर्ने भएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिएका छन सोमबार साँझ उनले एक सूचना जारी गर्दै भोलि (मंगलबार) देखि महानगरभित्रका सबै शैक्षिक संस्थाका सवारी चालकको मापसे परीक्षण गरिने जानकारी दिएका हुन् ।

महानगर प्रमुख आचार्यले सामाजिक सञ्जाल फेसबुक मार्फत विद्यार्थीको सुरक्षाजस्तो संवेदनशील विषयमा खेलवाड नगर्न सबै शैक्षिक संस्थाका प्रमुखलाई सचेत गराएका छन ।’प्रधानाध्यापक/प्रिन्सिपलज्यूहरू गम्भीर हुनुहोला।’ पोखरा महानगर शिक्षा समितिका अध्यक्ष रहेका आचार्यले यो नियम फागुन ५ गते मंगलबारदेखि कडाइका साथ लागू हुने जानकारी गराएका छन ।

महानगरले पटक–पटक नियम उल्लंघन गर्ने चालक र संस्थालाई अझ कडा कारबाही गर्ने चेतावनी दिएको छ । सूचनामा उल्लेख भएअनुसार नियम उल्लंघन दोहोरिएमा स्पष्टीकरण सोधिनेछ र चालकको सवारी अनुमति पत्र (लाइसेन्स) समेत निलम्बन गर्न सकिनेछ ।

यदि कुनै चालकले मादक पदार्थ सेवन गरेको पाइएमा चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने र चालकको गल्तीमा सम्बन्धित शैक्षिक संस्थालाई समेत जिम्मेवार बनाउने उद्देश्यले महानगरले जरिवानाको व्यवस्था गरेको बुझिएको छ। मापसे गरेको भेटिएमा सम्बन्धित विद्यालय वा कलेजलाई ५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गरिने प्रमुख आचार्यले बताए ।

 

४ फाल्गुन २०८२, सोमबार २२:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा