Play

स्वतन्त्र उमेदवार मनोज नेपालीद्वारा कांग्रेस उमेदवार भरतराज ढकाललाई समर्थन

गुरुकुल खबर


पोखरा, फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्यांग्जाको क्षेत्र न. १ मा स्वतन्त्र उम्मेद्वार बनेका मनोज नेपाली दर्जीले नेपाली काँग्रेसका उम्मेद्वार भरतराज ढकाललाई समर्थन गरेका छन् ।आफूले उठाउँदै आएका एजेण्डाहरु ढकालले आत्मसाथ गरेको भन्दै परियारले समर्थन गरेका हुन् ।

स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमूलमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम पश्चात भएको कोणसभालाई सम्बोधन गर्दै स्वतन्त्र उम्मेद्वार परियारले काँग्रेसका उम्मेद्वार ढकाललाई समर्थन गरेका थिए । संघीय संसदमा प्रतिनिधित्व गर्ने संसदले नीति बनाउने हो, नीति बनाउन ढकाल सक्षम भएको भन्दै उनले काँग्रेसका उम्मेद्वारलाई जिताउन आग्रह गरे ।

लामो समयदेखि आफूले धनी र गरिबको दुरी कम गर्दै गरिबी हटाउने अभियान चलाएको बताउँदै परियारले गरिबी हटाउने र रोजगारी सृजना गर्ने अभियानलाई प्रभाबकारी बनाउन काँग्रेसका उम्मेद्वार ढकाललाई समर्थन र मतदान गर्न आव्हान गरे । काँग्रेस उम्मेद्वार ढकालले उठाएका एजेण्डाहरु उत्पादनमुलक, आर्थिक उर्पाजन र रोजगारी सृजना गर्ने खालका रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै उम्मेद्वार ढकालले बदलिएको काँग्रेसले बदलिएको नेपाली समाजलाई उचित तवरबाट नेतृत्व गर्न सक्ने सुनाए ।‘हामी र हाम्रो नेतृत्व बदलिएको छ, बदलिएको नेतृत्वले समाज बदल्ने अठोट गरेको छ ।’उम्मेद्वार ढकालले भने, ‘नेपालीको आर्थिक र सामाजिक अवस्थामा परिवर्तन ल्याएर काँग्रेसले रोजगारी सृजना गर्दै आत्मनिर्भर समाज बनाउने छ ।’

काँग्रेस उम्मेद्वार ढकालले आफ्नो निर्वाचन क्षेत्र स्याङ्जा–१ का हरिनाश, बिरुवा, अर्जुनचौपारी, आँधीखोला, भीरकोट, वालिङ र पुतलीबजार नगरपालिकाका अधिकांश वडाहरुमा मतदातासँग भेटघाट र घरदैलो कार्यक्रम गरेका छन् । घरदैलो कार्यक्रममा उम्मेद्वार ढकालले स्थानीयलाई उत्पादनसँगै आत्मनिर्भर, पूर्वाधारको विकासबाटै समृद्धि र रोजगारी सृजनाबाट समुन्नत स्याङ्जा निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका पूर्व अध्यक्ष भरतराज ढकाललाई नेपाली काँग्रेसले उम्मेद्वार बनाएपछि स्थानीय मतदाता उत्साहित भएकाछन् ।हजारौंलाई रोजगारी र उनीहरुको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका ढकाललाई निर्वाचन क्षेत्रका मतदाताले समर्थन गर्दै चुनावी प्रचार–प्रसारमा केन्द्रित बनेका छन् ।

४ फाल्गुन २०८२, सोमबार १९:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा