Play

करिब ८ लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको अनुमान, देशभरका शिवालयमा भक्तजनको भिड

गुरुकुल खबर


काठमाडौँ, महाशिवरात्रि पर्वको दिन आइतबार लाखौँ भक्तजनले पशुपतिनाथको मन्दिरमा दर्शन गरेका छन । पशुपति विकास कोषका अनुसार आइतबार राति ९ बजेसम्म छ लाख भन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका थिए भने त्यसपछि पनि भक्तजन आउने क्रम निरन्तर रहंदा करिब आठ लाखले दर्शन गरेको हुन् सक्ने अनुमान गरिएको छ। काठमाडौँको पशुपति मन्दिर सहित मुलुकका बिभिन्न स्थानमा रहेका महादेव मन्दिर, शिवालयहरुमा आइतबार दिनभर भक्तजनहरुको भिड लागेको देखिन्थ्यो।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले शिवरात्री पर्वको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । महाशिबरात्रीको दिन भगवान् शिवको प्रिय वस्तु मानिने दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गरिन्छ । भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन रहेको छ ।

आइतबार बिहान दुई बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुवास जोशीले जानकारी दिए । उनका अनुसार यस वर्ष कम्तीमा आठ लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गरेको अनुमान गरिएको छ ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिलाई सिसी क्यामरा तथा ड्रोनका माध्यमबाट निगरानी गरिएको थियो । अवाञ्छित गतिविधि निगरानीका लागि सुरक्षाकर्मीसहितको छुट्टै टोली परिचालन गरिएको विकास कोषका प्रवक्ता जोशीले बताए ।

पशुपति क्षेत्रमा आपत्कालीन उद्धार टोली, दमकल र एम्बुलेन्ससमेत तयारी राखिएको थियो । भक्तजनको सहजताका लागि एकैपटकमा नौ देखि दश जनासम्मले दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको थियो । शिवरात्रिका लागि छिमेकी मुलुक भारतबाट साधुसन्त र तीर्थयात्री पशुपति आएका थिए ।

पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन गरिएको थियो । यस वर्ष पशुपतिनामा तीन हजारभन्दा बढी साधुसन्त आएको विकास कोषको अनुमान छ ।

४ फाल्गुन २०८२, सोमबार ०८:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा