Play

जनप्रिय क्याम्पसमा प्रजातन्त्रबादी प्राध्यापकहरुको नयाँ समिति, अध्यक्षमा चालिसे

गुरुकुल खबर


पोखरा, जनप्रिय बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने लोकतन्त्रबादी प्राध्यापकहरुको संस्था प्रजातन्त्रबादी प्राध्यापक संघको आइतबार सम्पन्न सातौँ अधिबेशनले संघको नयाँ कार्यसमिति चयन गरेको छ। निर्बिरोध निर्बाचित नयाँ कार्यसमितिको अध्यक्षमा गणेश चालिसे तथा उपाध्यक्षमा टोपलाल खनाल, सचिवमा टंकराज बराल, सहसचिवमा रमेश थापा र कोषाध्यक्षमा मोतिलाल पौडेल रहेका छन ।

यसैगरी समितिको सदस्यहरुमा शालिकराम अधिकारी, कल्पना गौतम अधिकारी, नारायण त्रिपाठी र हरिहर बराल रहेको संघका पूर्व अध्यक्ष एवं निर्वाचन समिति संयोजक वेदहरि तिमिल्सिनाले गुरुकुल खबरलाई जानकारी दिए। अध्यक्षमा निर्बाचित भएपछि चालिसेले क्याम्पसमा सबै पक्षलाई समेटेर क्याम्पसको गरिमा उच्च बनाउन आफू र आंफ्नो नेतृत्वको कार्यसमिति प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन ।

कार्यसमिति चयन गरिनु पुर्व आयोजित एक समारोहमा संघको अधिबेशनको उद्घाटन जनप्रिय क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष नम्रता बरालले गरेकी थिईन । त्यस अबसरमा बोल्दै बरालले प्रजातन्त्रवादी प्राध्यापक सङ्घ क्याम्पसको मेरुदण्डका रूपमा रहेको र क्याम्पसको समग्र बिकासमा संघले महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन   उनले संघको नयाँ नेतृत्वले आगामी दिनमा थप रचनात्मक र प्राज्ञिक गतिविधिमा जोड दिने विश्वास समेत व्यक्त गरिन।

जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णबाबु बरालले प्राध्यापकहरूको हकहित र शैक्षिक गुणस्तर सुधारका लागि संघले पुलको काम गरिरहेको बताए। पब्लिक क्याम्पस प्राध्यापक सङ्घका सभापति नरेश बरालले लोकतान्त्रिक मूल्य–मान्यतालाई शैक्षिक क्षेत्रमा संस्थागत गर्नुपर्ने कुरामा जोड दिए ।

संघको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिका सदस्य एकनारायण अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएको उक्त कार्यक्रममा संघका पूर्व अध्यक्ष पितृराज बास्तोला र पूर्व अध्यक्ष एवं निर्वाचन समिति संयोजक वेदहरि तिमिल्सिनाले लोकतन्त्रको रक्षा र क्याम्पसको वृत्तिविकासमा प्रजातन्त्रबादी प्राध्यापक संघले रचनात्मक भूमिका निर्वाह गर्दै आएको जानकारी गराए।

संघको क्याम्पस इकाईका कार्यबाहक सभापति गणेश चालिसेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा दिब्यालक्ष्मी चालिसेले स्वागत मन्तव्य राखेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव शिलु चालिसेले गरेकी थिईन।

४ फाल्गुन २०८२, सोमबार ०६:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा