Play

मध्यरातमा फेवातालमा कार खस्यो, पोखराको मासबार बस्ने स्याङ्जाका अदिम गुरुङको मृत्यु

गुरुकुल खबर


पोखरा, पोखराको लेकसाइडबाट पामेतर्फ जाने सडकको गैराकोचौतारा नजिक एउटा कार सडकबाट फेवातालमा खस्दा एक युवकको मृत्यु भएको छ। शनिबार (आज ) बिहान करिब सबा दुई बजेको समयमा बिएए १५८२ नम्बरको कार सडकबाट फेवातालमा खस्दा कार चालक २४ बर्षीय अदित गुरुंगको मृत्यु भएको शसस्त्र प्रहरी बल कालिका गणले जनाएको छ।

फेवातालमा कार खसेको घटनाको जानकारी भएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ गणको हेडक्वार्टर मालेपाटन स्थित कालिका गणबाट  प्रहरी उपरिक्षक बसन्त बहादुर सिंहको कमाण्डमा २१ जनाको उद्द्वार टोली खटिएको थियो।

गोताखोर सहितको टोलीले कार चालक युवालाई तालबाट बाहिर निकालेर उपचारको लागि पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेज पठाएकोमा बिहान साढे चारबजे डाक्टरले मृत घोषणा गरेका थिए।  मृतक युवा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङ रहेका छन्।

डुबेको कारलाई क्रेनको सहायताले तालबाट बाहिर निकालिएको छ। घटनाबारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ तालमा खसेको कारलाई क्रेनको सहायताले तालबाट बाहिर निकालेर वडा प्रहरी कार्यालय बैदाममा राखिएको बुझिएको छ।

२ फाल्गुन २०८२, शनिबार ०८:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा