Play

बंगलादेशमा निर्बाचन: २४ हजार बढी मतदान केन्द्रमा हिंसा र मतपत्र हेरफेरको आशंका

गुरुकुल खबर


काठमाडौं, शेख हसिना सरकारको पतनपछि बंगलादेशमा पहिलोपटक आम निर्वाचन हुन लागेको छ । करिब १७ करोड जनसंख्या भएको बंगलादेशमा ४२ हजार मतदान केन्द्र स्थापना गरिएको छ । बंगलादेशका प्रहरी प्रमुख बहरुल आलमका अनुसार, अशान्ति, हिंसा वा मतपत्रमा हेरफेरको आशंकाका कारण २४ हजारभन्दा बढी मतदान केन्द्रहरूलाई उच्च जोखिम वा मध्यम जोखिम भएको केन्द्रका रूपमा पहिचान गरिएको छ । यो कुल मतदान केन्द्रहरूको आधाभन्दा बढी हो ।

स्थिति नियन्त्रणमा राख्न मतदान केन्द्रहरूमा एक लाख ५७ हजारभन्दा बढी प्रहरी कर्मचारीहरू खटाइने उनले बताएका छन् । सेना तथा अन्य सुरक्षा बलका करिब एक लाख जवानहरूले पनि प्रहरीलाई सहयोग गर्नेछन् ।  निर्वाचन सुरक्षामा कुल एक लाख ५७ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिने बताइएको छ ।  यसपटक निर्वाचनमा प्रविधिको मुख्य भूमिका रहने बताइएको छ । निर्वाचन आयोगको पहलमा ८० देखि ९० प्रतिशत मतदान केन्द्रहरूमा सीसीटीभी क्यामेरा जडान गरिएको छ ।

आलमले जोखिमयुक्त केन्द्रहरूमा प्रहरीले पहिलोपटक बडी क्यामरा लगाएर गस्ती गर्ने जानकारी दिए । साथै प्रहरी उपरीक्षकहरूले क्षमता र आवश्यकता अनुसार उपलब्ध स्थानहरूमा ड्रोनमार्फत निगरानी गर्ने महानिरीक्षक आलमले बताए । यसको उद्देश्य निगरानी र पारदर्शिता बढाउनु हो । बंगलादेशमा निर्वाचन प्रक्रिया ११ डिसेम्बरबाट सुरु भएको थियो । ९ फेब्रुअरीमा निर्वाचन प्रचार समाप्त भएको छ  ।

प्रहरी रेकर्डअनुसार, यो अवधिमा राजनीतिक झडपहरूमा पाँचजनाको मृत्यु भएको छ । ६०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । आलमले सन् २०२४ को अशान्तिको समयमा प्रहरीबाट लुटिएका करिब १३ सय बन्दुकबारे पनि चिन्ता व्यक्त गरेका छन् ।

  • द डेलीस्टारबाट

२८ माघ २०८२, बुधबार ०७:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा