Play

मुक्तिनाथ विकास बैंकले पोखरा र बिरगंजमा दुई/दुई शाखा मर्ज गरेर संचालन गर्ने

गुरुकुल खबर


पोखरा, मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भौतिक रुपमा नजिक रहेका केहि शाखाहरुलाई मर्ज गर्ने र आबश्यकता परेको ठाउँमा शाखा विस्तार गर्ने योजनालाई निरन्तरता दिएको छ यसक्रममा बैंकले आफ्ना दुईवटा शाखा कार्यालयहरुलाई नजिकैका अन्य शाखामा मर्ज गर्ने निर्णय गरेको छ ।

बैंकले कास्कीको पोखरा र पर्साको वीरगन्जमा रहेका शाखा कार्यालयहरुलाई २०८३ जेठ १ गतेदेखि लागू हुने गरी एक आपसमा गाभेर एकीकृत कारोबार सुरु गर्न लागेको हो । गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नम्बर ९ मा रहेको महेन्द्रपुल शाखालाई सोही वडाकै चिप्लेढुंगा शाखामा समायोजन गरिने बैंकले जनाएको छ । यी दुई शाखाको दूरी करिब ५ सय मिटर मात्रै छ ।

यस्तै बैंकले दिएको जानकारी अनुसार मधेश प्रदेश अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मा रहेको वीरगन्ज शाखालाई वडा नम्बर ६ मा रहेको आदर्शनगर शाखामा गाभिनेछ । यी दुई शाखा बीचको दूरी करिब ८ सय मिटर रहेको छ ।

नेपाल राष्ट्र बैंकले ’क’, ’ख’ र ’ग’ वर्गका इजाजतप्राप्त संस्थाहरुका लागि जारी गरेको परिपत्र बमोजिम बैंकले शाखा कार्यालयहरु गाभ्ने प्रक्रिया अघि बढाएको हो । यसरी शाखा गाभिएपछि ती स्थानका ग्राहकले अब आदर्शनगर र चिप्लेढुंगा शाखाबाट बैंकिङ कारोबार गर्नुपर्नेछ ।

शाखा समायोजन भए पनि ग्राहकले पाउने सेवामा कुनै असर नपर्ने बैंकले स्पष्ट पारेको छ । ‘गाभिने शाखा कार्यालयहरुबाट बैंकिङ कारोबार गरिरहेका ग्राहकले शाखा गाभिएपछि पनि गाभ्ने शाखाबाट पूर्ववत् रुपमा आफ्नो कारोबारलाई सुचारु गर्न सक्छन्’, बैंकले भनेको छ । बैंकले यस प्रक्रियाबाट ग्राहक र सरोकारवालामा पर्न जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।

२७ माघ २०८२, मंगलवार २१:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा