Play

ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्दा १२ जनाको मृत्यु

गुरुकुल खबर


काठमाडौँ,  काठमाडौँबाट ओखलढुंगा जाने यात्रुबाहक बस रामेछाप जिल्लामा पर्ने सडकबाट तामाकोशी नदिमा खसेर भएको बस दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।  रामेछाप जिल्लाको सदरमुकाममा रहेको मन्थली अस्पतालका अनुसार मृतक १२ मध्ये ११ जनाको पहिचान खुलेको छ । काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस रामेछापको सेलेघाट नजिक तामाकोशी नदीमा खसेर दुर्घटना भएको थियो ।

अस्पताल स्रोतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा विशाल सुनुवार, भीमबहादुर तामाङ, बवि तामाङ, दिपेश बस्नेत, सानुमाया तामाङ, तारा तामाङ, मानबहादुर तामाङ, मनकुमारी बरुवाल,शिव श्रेष्ठ,रमिता तामाङ र दीपेन्द्र बस्नेत रहेका छन् ।

‘१२ वटा शव अस्पतालमा आएको छ, त्यसमध्ये एक जनाको नाम खुलेको छैन’, अस्पतालले भनेको छ ।  मंगलबार बिहान काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बस तामाकोशी नदीमा खसेर दुर्घटना हुँदा उनीहरूको ज्यान गएको रामेछापका डीएसपी भोला भट्टले संचारकर्मीहरुलाई जानकारी दिए ।

उनका अनुसार घाइते ८ जनाकाे उपचार भइरहेकाे छ।  बा प्र ०१००६ ख ९९७५ नम्बरको बस नदीमा खसेको थियो । बस प्रहरीले चालकलाई पक्राउ गरेको छ ।

२७ माघ २०८२, मंगलवार २१:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा