Play

कास्की १ मा कांग्रेस उमेदवार रानाभाटको लागि चुनाव प्रचार प्रसार उपसमिति गठन

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर १  मा उम्मेदवार रहेका तिलक रानाभाटको प्रचारप्रसारको लागि क्षेत्रिय निर्बाचन परिचालन समिति अन्तर्गत प्रचार प्रसार उपसमिति बनाइएको छ।

नवीन सिग्देल संयोजक रहेको उक्त समितिमा सन्दिप पौडेल सहसंयोजक र  श्रीराम कडेल, सुदीप राज ढुङ्गाना, महेन्द्र ढुङ्गाना, परशुराम शर्मा, रक्षाबहादुर गुरुङ, कविराज खनाल लगायतका पत्रकारहरुलाई सदस्य राखिएको छ।

उक्त उपसमिति गठन गर्न आयोजित बैठकमा बोल्दै नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का सभापति राजेन्द्रमणि लामिछानेले कास्की १ का उम्मेदवार तिलक रानाभाटलाई बिजयी गराउन सबैले आआफ्नो क्षेत्रबाट उचित तरिकाले प्रचारमा जुट्नुपर्ने धारणा व्यक्त गरे।

नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट, क्षेत्रीय सचिव सरोज केसी,  सोहि उपसमितिका संयोजक एबम जिल्ला सहसचिव नवीन सिग्देल, प्रदेश ख का सभापति कृष्ण कोइराला, युवा नेता मिलनप्रसाद तिवारी लगायतले यो चुनावी महाअभियानमा सबैले आफ्नो ठाउँबाट सक्रियता पुर्वक सहयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए।

२६ माघ २०८२, सोमबार २१:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा