पोखरा, प्रतिनिधिसभामा कास्की -२ बाट प्रत्यक्ष तर्फ उमेदवारी दिएका नेपाली काँग्रेसका गण्डकी प्रदेशका प्रबक्ता माधबप्रसाद बाँस्तोला लडेर घाइते भएका छन। आंफ्नो निर्वाचन क्षेत्रमा मतदातासंग भेटघाट गर्ने क्रममा लडेर घाइते भएका बाँस्तोलाको देब्रे हात भाँचिएको र शरीरको अन्य स्थानमा पनि सामान्य चोट लागेको बुझिएको छ।
बाँस्तोलाका छोरा बिजय बाँस्तोलाका अनुसार आइतबार साँझ साढे छ बजेतिर कांग्रेस नेता माधव बाँस्तोला पोखरा महानगरपालिका -११ फुलबारी स्थित एक मतदाताको घरमा पुगेर फर्किने क्रममा सोहि घर बाहिरको सिंढीमा चिप्लिएर लड्न पुगेका थिए। सोहि कारणले उनको देब्रे हात भाँचिएको छ । उनका अनुसार घाइते बाँस्तोलाको शरीरको अन्य भागमा भने खासै चोटपटक लागेको छैन।

मणिपाल शिक्षण अस्पताल फूलबारीमा उपचार गराइरहेका बाँस्तोलाको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको देब्रे हातको नाडी नजिकको भाग भाँचिएको र अपरेसन गर्नुपर्ने भएको छ। आइतबार बेलुका प्रारम्भिक उपचार पछि बाँस्तोलालाई अस्पतालमा नै राखिएको र सोमबार बिहान अपरेसन गर्ने तयारी भैरहेको छ ।
अपरेसन गर्नुपर्ने भएको कारण बाँस्तोलालाई असहज हुनुको साथै इन्फेक्सन समेत हुन सक्ने सम्भावनाका कारण केहि दिन आराम गर्न डाक्टरले सुझाब दिएको छन। चुनाबी अभियान तिब्रताका साथ अगाडी बढाउनुपर्ने समयमा उनि अचानक लडेर घाइते भएको कारण उनको चुनाबी कार्यक्रम प्रभावित हुन सक्ने देखिएको छ।
उनको सचिबलायले भने स्वास्थ्य अबस्थाले साथ दिने बित्तिकै बाँस्तोलाले मतदातासंगको भेटघाट सहित अन्य चुनाबी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।















