Play

काठमाडौँका पुर्व मेयर बालेन शाहको डेरा सहित बिभिन्न स्थानमा चोरी गिरोहका तीनजना पक्राउ

गुरुकुल खबर


काठमाडौं, काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख बालेन्द्र साहको डेरा कोठासहित राजधानीका विभिन्न स्थानमा चोरी गर्ने गिरोहका तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई माघ २४ गते नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका १६ घर भई बाँसबारी बस्ने ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका ६ का ४६ वर्षीय खिम बहादुर खड्का र डोटीको दिपायल सिलगढी नगरपालिका ६ घर भई धादिङको धुनिबेशी बस्ने ४५ वर्षीय संजय श्रेष्ठ छन् । प्रहरीका अनुसार मनिष राजवाहक २०८२ भदौ २४ गते नख्खु कारागारबाट फरार भएका व्यक्ति हुन् ।

काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको छ । उनीहरूले गएको माघ १६ गते काठमाडौं महानगरपालिका ४ चप्पल कारखानास्थित पूर्व नगर प्रमुख बालेन साहको डेरा कोठामा ताल्चा फुटाई चोरी गरेको प्रहरीले जनाएको छ  पक्राउ परेका उनीहरुले काठमाडौंका विभिन्न निर्माणाधीन भवनहरूबाट धारा, टुटी तथा फिटिङका सामग्रीहरू र विभिन्न घरहरूबाट सुन, चाँदी, नगद तथा विद्युतीय सामग्रीहरू चोरी भएको उजुरीका आधारमा प्रहरीले उनीहरूको खोजी गरिरहेको थियो ।

पक्राउ परेकामध्ये मनिष राजवाहकको आपराधिक पृष्ठभूमि पुरानो देखिएको छ । उनीविरुद्ध प्रहरी वृत्त कालीमाटीमा २०७२ जेठ २४ गते केही सार्वजनिक अपराध मुद्दा र प्रहरी वृत्त महाराजगञ्जमा २०७२ असार ८ गते चोरी मुद्दा दर्ता भएको थियो । अर्का अभियुक्त खिम बहादुर खड्काविरुद्ध २०७९ मंसिर ११ गते प्रहरी वृत्त बौद्धमा बैंकिङ कसुरको मुद्दा चलेको थियो भने संजय श्रेष्ठविरुद्ध २०६४ कात्तिक २९ गते सोही वृत्तमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ ।

प्रहरीले राजवाहकको कोठाबाट वर्ल्डलिङ्क लेखिएको १ थान राउटर, २ थान सिसीटिभी क्यामेरा, एक्रोन गोल्ड लेखेको नीलो बिँड भएको १ थान पिलास, हम्बर हट प्रेस लेखेको कालो रातो बिँड भएको १ थान रेन्ची, म्यारी गोल्ड लेखेको १ थान रेती, सिभिक्स लेखेको १ थान स्क्रु र डिस्टेन्टफेथ लेखेको १ थान कालो रङ्गको ज्याकेट बरामद गरेको छ ।

त्यसैगरी खिम बहादुर खड्काको कोठाबाट चाँदीको जस्तो देखिने १ थान टिका थाली, १ थान कचौरा, १ थान सानो थाली, १ थान रिङ, १ थान रड र २ थान नटबोल्ट बरामद भएको छ । उनको साथबाट सुनको जस्तो देखिने धातुका लक्ष्मीको मूर्ति भएको १ जोर झुम्का, १ थान टाउकोमा लगाउने चन्द्रमा, १ जोर चन्द्रमासहितको झुम्का, १ जोर नीलो पत्थर भएको झुम्का, १ जोर गुलाबी र हरियो रङ्गको पत्थर भएको झुम्का, १ थान सिक्री, २ थान धानको बाला जस्तो लप्सेरा, १ जोर हरियो रातो रङ्ग लगाएको झुम्का, १ थान घाँटीमा लगाउने पत्थर माला र ४ टुक्रा सानो तार बरामद गरिएको प्रहरीले जनाएको छ ।

संजय श्रेष्ठको डेरा कोठाबाट प्रहरीले महिल्हा लेखिएको १ थान पछाडि भिर्ने झोला, १ थान डेल कम्पनीको ल्यापटप, १ थान एप्पल कम्पनीको म्याक बुक प्रो, १ थान डेल कम्पनीको ल्यापटप चार्जर र १ थान डिजिटल भिडियो रेकर्डर फेला पारेको छ । पक्राउ परेका व्यक्तिहरूले काठमाडौंका अन्य कुन कुन स्थानमा चोरी गरेका थिए भन्नेबारे प्रहरीले थप सोधपुछ र अनुसन्धान गरिरहेको छ ।

२५ माघ २०८२, आईतवार २१:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा