Play

कास्की -२ मा कांग्रेस कार्यकर्ताको भेलामा प्रचार समिति घोषणा, उमेदवार बाँस्तोलाले के भने ? (भिडिओ सहित)

गुरुकुल खबर


पोखरा, चुनाबी अभियानलाई अगाडी बढाउने क्रममा नेपाली कांग्रेस कास्की क्षेत्र न. २ ले चुनाब प्रचार प्रसार समिति गठन गरेको छ कास्की -१ र कास्की -३ मा यस अगाडी नै चुनाब प्रचार प्रसार समिति गठन गरेर चुनाबी प्रक्रिया अगाडी बढेकोमा कास्की -२ मा शनिबार भएको बृहत कार्यकर्ता भेलामा  १ हजार १११ सदस्यीय निर्बाचन प्रचार प्रसार समिति र बिभिन्न २१ वटा उपसमिति गठन गरिएको क्षेत्रिय समितिका सचिब देवकृष्ण पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए ।

शनिबार पोखरामा आयोजित क्षेत्रीय कार्यकर्ता भेलामा दिईएको जानकारी अनुसार क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषीको संयोजकत्वमा १ हजार १११ जना सदस्य रहेको प्रचार समिति गठन गरिएको हो। समितिका सचिव देवकृष्ण पराजुलीका अनुसार प्रचार, मतदाता सम्पर्क, व्यवस्थापन, नीति–एजेन्डा, युवा तथा महिला परिचालन लगायतका जिम्मेवारी समेट्दै २१ वटा उपसमिति गठन गर्ने प्रक्रिया अगाडी बढाइएको र केहि उपसमितिहरुमा पूर्णता दिन बाँकी रहेको छ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कास्की -२ बाट प्रतिनिधि सभा उम्मेदवार माधवप्रसाद बास्तोलाले अबको निर्वाचन ‘व्यक्ति होइन, दृष्टिकोण र परिवर्तनको परीक्षा’ भएको बताए। “बदलिएको कांग्रेसले अब देश बदल्छ,” भन्दै उनले भ्रष्टाचारमुक्त शासन, युवालाई रोजगारी र अवसर सिर्जना गर्ने बिषयमा आंफ्नो प्राथमिकता भएको उल्लेख गरे उनले कास्की–२ अन्तरगत पर्ने पोखरा महानगरका ११ वटै वडाको बिकासका लागि आँफु प्रतिबद्ध रहेको स्पष्ट पारे ।

बास्तोलाले संसदमा कास्की–२ को आवाज प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता ब्यक्त गर्दै कृषि, पर्यटन, डिजिटल कनेक्टिभिटी र पूर्वाधार विकासलाई वडा केन्द्रित कार्यक्रम मार्फत कार्यान्वयन गर्ने उनले बताए। किसान, मजदुर, महिला र ज्येष्ठ नागरिकका सवाल निर्णयको तहसम्म पुर्‍याउने र पुँजी तथा बौद्धिक पलायन रोक्न स्टार्टअपमार्फत रोजगारी सिर्जना गर्ने उनको संकल्प छ। उनले कास्की–२ का सबै वडा लक्षित कार्यक्रम सार्वजनिक गर्दै कृषक, महिला, श्रमिक, दलित, आदिवासी जनजाति तथा साना व्यवसायीका मुद्दा आफ्नै मुद्दा भएको बताए। “विकास भनेको सडक र भवन मात्र होइन, अवसरको समान वितरण हो,” उनले जोड दिए।

बास्तोलाले निर्वाचन क्षेत्रका ११ वटा वडाका लागि छुट्टाछुट्टै विकास योजना समेत सार्वजनिक गरेका छन् । वडा नम्बर २० मा कृषि, तरकारी र दुग्ध उत्पादनलाई बजारसँग जोड्ने तथा व्यवस्थित ‘हेल्दी फिटनेस’ क्षेत्र विकास गर्ने उनको योजना छ । वडा नम्बर १६ मा पर्यटन र होमस्टे विस्तार गरी नमुना बस्ती निर्माण गर्ने र वडा नम्बर ११ लाई शिक्षा तथा स्वास्थ्यको ‘हब’ बनाउँदै काहुँकोटलाई ‘जाऔँ, हेरौँ, पोखरा’ अभियानसँग जोड्ने उनले बताए । यसैगरी वडा नम्बर ४ मा व्यवस्थित सहरी विकास र ट्राफिक व्यवस्थापन तथा वडा नम्बर ९ मा साना उद्योगको प्रवर्द्धन गर्दै रामघाट क्षेत्रलाई व्यवस्थित बनाउने योजना उनले अघि सारेका छन् ।

युवा स्वरोजगारलाई केन्द्रमा राखेका बास्तोलाले वडा नम्बर ८ मा सीपमूलक तालिम र वडा नम्बर ७ मा खेलकुद एवं संस्कृतिको संरक्षण गर्ने बताए । वडा नम्बर १५ मा सडक बत्ती, नाली निर्माण र वैज्ञानिक फोहोर व्यवस्थापन गर्ने तथा वडा नम्बर १७ मा खानेपानी, सिँचाइ र नमुना प्रवेशद्वार निर्माण गर्ने उनको प्रतिबद्धता छ । वडा नम्बर २१ लाई कृषि-पर्यटनको दिगो विकास मोडेलमा लैजाने र वडा नम्बर ३३ मा डिजिटल कनेक्टिभिटी र सुरक्षित सडक सञ्जाल विस्तार गर्ने योजना उनले सार्वजनिक गरे ।

भूमिहीन र अव्यवस्थित बस्तीलाई वैज्ञानिक तवरले व्यवस्थापन गर्ने नीति तर्जुमा गर्ने बताउँदै बास्तोलाले क्रिस्तीदेखि भरतपोखरी, बिरौटा, सिर्जना चोक, पृथ्वी चोक, महेन्द्रपुल, मणिपाल, काऊ, मौजा, अर्मला र नदीपुरसम्म सुरक्षित सार्वजनिक यातायात विस्तार गर्ने सपना सुनाए । उनले ‘आफू ठूला कुरा गर्ने भन्दा पनि काममा विश्वास गर्ने’ व्यक्ति भएको भन्दै मतदातालाई इमानदारी र एकताका साथ अघि बढ्न अपिल गरे । किसान, मजदुर, महिला र ज्येष्ठ नागरिकका मुद्दालाई संसदमा दृढताका साथ उठाउने उनले बताए ।

कार्यक्रममा नेपाली काँग्रेसको गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संगठन, रणनीति र एकतामै कांग्रेसको विजय निर्भर रहने धारणा राखे। कास्की कांग्रेस सभापति किशोरदत्त बरालले बजारमा देखिएका क्षणिक पपुलिजममा नफस्न कार्यकर्तालाई आग्रह गर्दै कांग्रेस नीति र एजेन्डामा स्पष्ट रहेको बताए।

भेलामा संविधान सभा सदस्य बृन्दा राना, नेपाली काँग्रेसका महासमिति सदस्य बिरेन्द्र नारायण बिजुक्छे, महाधिवेशन प्रतिनिधि लक्ष्मी पाण्डे, नेपाल तरुण दलका केन्द्रीय सदस्य मदन बस्नेत, नेपाली कांग्रेस पोखरा महानगरसमितिका सभापति सुरेन्द्र बिजुक्छे, नेपाली काँग्रेस क्षेत्र नं. १ का सचिव सरोज केसी, पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी, तमु संघका केन्द्रीय अध्यक्ष तथा वैदेशिक रोजगार ब्यबसायी संघका केन्द्रीय अध्यक्ष भुवनसिंह गुरुङ, नेपाली कांग्रेस पोखरा वडा कार्यसमितिका सभापतिहरूमध्ये वडा न. ८ का रमेश बराल. वडा न. १५ का सभापति सुशीलराज पराजुली, वडा न. १७ का सभापति देवराज आचार्य, वडा न. २१ का सभापति केवल गिरी लगायतले लोकतन्त्र, संबिधान र सुशासनको लागि कांग्रेसले जित्नुपर्ने भनाई राखेका थिए ।

क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषीको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन सचिव देवकृष्ण पराजुलीले गरेका थिए भने उपसभापति दिनेश आचार्यले उमेदवार माधव प्रसाद बाँस्तोलाको बारेमा बोल्दै शैक्षिक, राजनीतिक एबम क्षमताको हिसाबले पनि कांग्रेसको उमेद्वार उपयुक्त रहेको बताए।

१८ माघ २०८२, आईतवार ११:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा