लेखनाथ, होराइजन क्लब वालिङ्गले २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता २०८२ को उपाधी जितेको छ । होराइजन क्लब र गण्डकी प्रदेश प्रहरी २६ औं आदर्श कपको फाइनलमा भिडेकामा होराइजन क्लबले उपाधी जितेको हो ।
होराइजन क्लब स्याङ्गजा वालिङ्गको टीमका जर्सी नं ९ का खेलाडी बसन्त बहादुर रानाले खेलको ६१ औ मिनेटमा तथा गण्डकी प्रदेश प्रहरीका जर्सी नं ४४ का रोजल दाहालले खेलको अतिरिक्त समयको ९२ औ मिनेटमा गोल गरेका थिए । निर्धारित समयमा दुवै टिमकातर्फबाट एक एक गोलको बराबरीमा टुङ्गिएपछि थपिएको १० मिनेटमा कुनै टिमको गोल हन नसकेकाले खेल टाईबेकरमा गएको थियो । टाईबेकरमा होराइजन क्लब स्याङ्गजा वालिङ्गले जितेको हो ।
प्रथम हुन सफल होराइजनले रु. ४ लाख ९९ हजार ९सय ९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । यसै गरीउपविजेता तथा दोस्रो हुन सफल गण्डकी प्रदेश प्रहरीको टोलीले रु. ३ लाख ३३ हजार ३सय ३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
क्लबका अध्यक्ष पदम गुरुङको अध्यक्षता र सचिव सन्तोष गुरुङको सञ्चालनमा भएको समापन समारोहमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले भण्डारढिकको वेवारिसे बनेको कभर्डहल निर्माणका लागि बजेट विनियोजन भएर पनि हाल आएर रोकिएकामा आक्रोश व्यक्त गरेका थिए ।
समारोहमा उत्कृष्ट खेलाडी गण्डकी प्रदेश प्रहरीका जर्र्सी नं ४४ का रोजल दाहाल ,उत्कृष्ट प्रशिक्षक होराइजन क्लबका सुन्दर श्रेष्ठ ,उत्कृष्ट गोल रक्षक होराइजनका टोप बहादुर राना,फेयर प्ले टिम तनहुँ जिल्ला फुटबल विकास समिति एन्फा तनहुँ ,उत्कृष्ट डिफेन्स होराइजनका सन्दिप श्रेष्ठ ,उत्कृष्ट मिड फिल्डर एवम् प्ले मेकर प्रहरीका सुशील लामा लाई फस्ट चोइस फुड प्रालिका प्रतिनिधि मार्केटिङ्ग म्यानेजर रमेश घिमिरे ,क्लबका सल्लाहकार तथा प्रायोजक छत्रधर आत्रेय ,पूर्व अध्यक्षहरु विजय गुरुङ ,बिशाल श्रेष्ठ ,संस्थापक अध्यक्ष चेतबहादुर गुरुङ ,सल्लाहकार मेजर रामप्रसाद गुरुङ ,स्थानीय यातायातका केदार पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए।
















