Play

काँग्रेसको चुनाबी अभियान: उमेदवार सहितको घरदैलो र अनुगमन, प्रचार एबम सम्पर्क कार्यालयहरुको उद्घाटन

गुरुकुल खबर


पोखरा, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर ३ ले आंफ्नो प्रचार अभियानलाई अगाडी बढाएको छ। यस क्रममा शुक्रबार पार्टीको क्षेत्रिय निर्बाचन प्रचार प्रसार कार्यालयको उद्घाटन गर्नुको साथि घरदैलो र अनुगमन कार्यलाई अगाडी बढाइएको छ ।

शुक्रबार पोखरा महानगरपालिका–२, बिन्धवासिनी नजिक पोखरा बाग्लुंग राजमार्गमा पार्टीको क्षेत्रीय निर्वाचन कार्यालय उद्घाटन गरिनुको साथै कांग्रेसले घरदैलो अभियान, मतदाता शिक्षा र संगठन विस्तार कार्य अगाडी बढाइएको हो ।

यसैबीच उमेदवारहरु मनोज गुरुङ र आइबहादुर गुरुङ सहितको टोलीले शुक्रबार पोखरा महानगरपालिका – १८ सरागकोट क्षेत्रमा मतदातालाई भेट्न घरदैलो कार्यक्रम सम्पन्न गरेको जनाईएको छ घरदैलो कार्यक्रममा कांग्रेसको टोलि पुग्दा मतदाताहरु उत्साहित बनेको बताइएको छ।

यसैगरी निर्बाचन अनुगमन समितिले पनि शुक्रबार देखि क्षेत्र न.३ मा अनुगमन कार्य शुरु गरेको जनाएको छ पोषनाथ शर्मा संयोजक एबम सुरेन्द्रमान बिजुक्छे, गंगाधर पराजुली, राजबहादुर गुरुङ र भिमबहादुर गुरुङ सहितको अनुगमन समितिले कास्कीको अन्नपुर्ण गाउँपालिका सल्यानबाट अनुगमन कार्य शुरु गरेको संयोजक शर्माले जानकारी दिए।

समितिका सदस्यहरुले तत्कालिन नेकपा माओबादीद्वारा हत्या गरिएका नेपाली काँग्रेसका नेता कृष्णबहादुर गुरुंगको शालिकमा माल्यार्पण सहित श्रद्दासुमन ब्यक्त गरेर अनुगमन कार्य शुरु गरेको जनाएको छ।

अनुगमन टोलीले स्थानीय स्तरमा पार्टी संगठनले चुनाबी अभियानलाई अगाडी बढाउनको लागि शुरु गरेका कामको बारेमा एबम स्थानीय मतदाता र अन्य दलका नेता कार्यकर्ताको चुनाबी अभियानको बारेमा बुझेर पार्टीको सम्बन्धित तहलाई सुझाब दिने र मतदाताहरुलाई नेपाली काँग्रेस र मुलुकको वर्तमान अबस्थाको बारेमा जानकारी दिने जनाएको छ।

यसैगरी शुक्रबार बिहान क्षेत्रिय निर्बाचन प्रचार प्रसार कार्यालयको उद्घाटन समेत गरिएको छ त्यस अबसरमा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले चुनावी सफलता पार्टीको एकता, अनुशासन र सक्रियतामा निर्भर रहने बताए। २०५६ सालको ऐतिहासिक जित दोहोर्याउन घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद आवश्यक रहेको उनको भनाई थियो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णबहादुर केसीले कांग्रेस बदलिएको सन्देश जनतामाझ पुर्याउनुपर्ने बताए। प्रतिनिधिसभामा प्रत्यक्ष तर्फका उम्मेदवार मनोज गुरुङ र समानुपातिक तर्फका उमेदवार आई बहादुर गुरुङले पार्टीको एकता नै शक्ति रहेको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई सक्रिय रूपमा चुनावी प्रचारमा जुट्न आह्वान गरे।

चुनाब प्रचार समितिका संयोजक युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, महासमिति सदस्य सिता गुरुङलगायत वक्ताहरूले संगठन बलियो बनाएर मतदाताको मन जित्नुपर्नेमा जोड दिएका थिए।

चुनाव परिचालन समितिले घरदैलो अभियान, मतदाता शिक्षा, लक्षित प्रचार–प्रसार र संगठन विस्तारलाई मुख्य रणनीति बनाउँदै कास्की–३ मा कांग्रेसका उमेदवार जिताउने दाबि गरेको छ।

यसैबीच, नेपाली काँग्रेसले कास्की क्षेत्र न. ३ बाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ मनोज गुरुङ र समानुपातिकतर्फ आईबहादुर गुरुङलाई उमेदवार बनाएकोमा उनीहरुलाई बिजयी गराउने लक्ष्यसहित कांग्रेसले ८ हजार १ सदस्यीय निर्वाचन मूल आयोजक समिति गठन गरेको छ। क्षेत्रिय समितिको संयोजकमा नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँवर रहेका छन्।

समितिको सहसंयोजकमा खिमलाल बास्तोला र विष्णुबहादुर क्षेत्री, सचिवमा लक्ष्मीप्रसाद पौडेल र मेख तामाङ, कोषाध्यक्षमा मनपति भण्डारी, सह–कोषाध्यक्षमा खेमलाल पहारी तोकिएका छन्। सहसचिवमा आइन्दल गुरुङ र सितल अधिकारी तथा प्रवक्तामा महेश तिमिल्सिना रहेका छन्। चुनावी अभियानलाई प्रभावकारी बनाउन मूल समिति अन्तर्गत बिभिन्न २४ वटा उपसमिति गठन गरिएको छ।

घोषणापत्र निर्माणमा कृष्ण पौडेल, मिडिया परिचालनमा प्रकाश सापकोटा, अनुगमनमा पोषनाथ शर्मा, शिक्षक–प्राध्यापक तथा बुद्धिजीवी परिचालनमा यमनाथ तिमिल्सिना, यातायात व्यवस्थापनमा शुक्रराज पौडेल, तरुण–युवा तथा विद्यार्थी परिचालनमा महादेव गिरि, मतदाता शिक्षामा पार्वती कोइराला, महिला परिचालनमा मिना पाण्डे, मत सर्वेक्षनमा बेदहरी तिमिल्सिना, अर्थ संकलनमा मनपती भण्डारी, सांस्कृतिक तथा स्वयंसेवक परिचालनमा नबिन गुरुङलाई संयोजक तोकिएको छ,

यसैगरी कानुनी परामर्शमा कमलापति पौडेल, निवृत्त कर्मचारी परिचालनमा रामजी कोइराला, निबृत शिक्षक परिचालनमा मोहदत्त पोखरेल, पर्यटन व्यवसायी समन्वयमा गणेश बहादुर भट्टराई, आदिवासी जनजाति परिचालनमा राजु घले, भूपू सैनिक परिचालनमा दानबहादुर भुजेल, दलित परिचालनमा मनबहादुर बिक, भातृसंस्था समन्वयमा बिकास थापा, अन्तराष्ट्रिय समन्वय समितिमा शिब बानिया, संघसंस्था समन्वयमा श्याम गुरुङ, जेनजी संयोजनमा बिपिन पौडेल, सहकारी समन्वयमा दिपक राज बाँस्तोला,सुकुम्बासी समन्वयमा आशबहादुर गुरुङलाई संयोजक बनाइएको छ।

नेपाली कांग्रेस कास्की क्षेत्र न.२ ले भने शनिबार बृहत कार्यकर्ता भेला सहित निर्बाचन परिचालन समिति घोषणा गर्ने जनाएको छ क्षेत्र न.२ मा माधव प्रसाद बाँस्तोला मधु प्रत्यक्ष तर्फ उमेदवार रहेका छन ।

कास्की -१ मा पनि कांग्रेसको चुनाबी गतिबिधि बढ्दै

यसैबीच कास्की क्षेत्र नं. १ मा चुनाबी अभियान अगाडी बढाउने क्रममा कास्कीको रुपा–५ देउराली, रुपा ४ खाल्टे, रुपा ३ पोल्याङटार, रुपा १ को दरगाँउटारमा सम्पर्क कार्यालय स्थापना गरिएको छ। सम्पर्क कार्यालयको उद्घाटन र मतदाताहरु संगको भेताघटमा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार तीलक बहादुर रानाभाटले यस क्षेत्रको वृहत्तर विकास र जनताका आवाजलाई संसदमा लैजान रुख चिन्हमा मतदान गर्न आग्रह गरे।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्ण केसी, निवर्तमान सहमहामन्त्री जीवन परियार, काँग्रेस गण्डकी प्रदेशकी सहमहामन्त्री कोपिला रानाभाट, नेता प्रकाश मोहन खनाल, गण्डकी प्रदेश सदस्य अप्सरा श्रेष्ठ, रुपा गाँउ पालिका सभापति विमलबावु न्यौपाने, विद्यार्थी नेता रशिकहरी भण्डारी, स्थानीय नेता रविमोहन घिमिरे, खमनसिंह गुरुङ, रामचन्द्र पौडेल, गेहेन्द्रश्वर कोइराला, मदन मल्ल, लक्ष्मी साही, भरत केसी, अमृत भुजेल, नारयाण कुमार श्रेष्ठ, विनोद छिमाल, बुद्धि बहादुर थापा लगायतले आआफ्नो भनाइ राखेको कास्की कांग्रेसका सहसचिब नबिन सिग्देलले जानकारी दिए।

१६ माघ २०८२, शुक्रबार २०:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा