Play

कास्कीमा राप्रपाको चुनाबी अभियान अन्तर्गत बिभिन्न कार्यक्रम

गुरुकुल खबर


पोखरा, राष्ट्रिय प्रजातन्त्र पार्टीले कास्की जिल्लाका ३ निर्बाचन क्षेत्रमा आफ्नो चुनावी अभियानलाई तिव्रता दिएको जनाएको छ । चुनावी अभियान अन्तर्गत आज कास्कीका तिनवटै निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसार अभियान सहितका गतिबिधि अगाडी बढाएको छ । चुनावी अभियान अन्तर्गत पोखरा- २० मा भएको भेलालाई सम्वोधन गर्दै पार्टीका केन्द्रीय उपाध्यक्ष तथा क्षेत्र नं. २ का उम्मेदवार ई.हेमजंग गुरुङले अब राप्रपालाई जित्न कसैले रोक्न नसक्ने बताए ।

यो देशमा एजेण्डा भएको पार्टी राप्रपा मात्र झो भन्दै उनले ठूला दल र अहिले झुल्किएका नयाँ दलका नक्कली कुरामा विश्वास नगर्न मतदातालाई आग्रह गरे । कार्यक्रममा बोल्दै उम्मेदवार गुरुङले हिन्दुराष्ट्र र राजसंस्था अहिलेको अपरिहार्य आबश्यकता हो भन्दै संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र कायम नभएसम्म राप्रपाको लडाई जारी रहने बताए ।

भेलालाई पार्टीका केन्द्रीय सदस्य शंकर खराल, जिल्ला अध्यक्ष नारायण गुरुङ लगायतले सम्बोधन गर्दै संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र चाहने सम्पूर्ण राष्ट्रवादी मतदाताले राप्रपालाई बिजयी गराउनुपर्ने बताएका थिए ।

त्यसैगरी क्षेत्र नं. १ र ३ मा पनि चुनावी अभियान अगाडि बढिरहेको राप्रपा गण्डकी प्रदेशका सचिव बरुण विक्रम राणाले बताए । राप्रपाले क्षेत्र नं. १ मा युवा नेता अर्जुन खनाल र ३ मा बाबुराम थापालाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उमेद्वार बनाएको छ  ।

पोखरा महानगरपालिका वडा नं. २० का अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विष्णु कार्कीले स्वागत एबम सचिव दिनेश बस्नेतले कार्यक्रम संचालन गरेका थिए  । कार्यक्रममा जिल्लाका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त वडामा पार्टीका उम्मेदवारहरु र पार्टी कार्यकर्ता सहित मतदाताको घरघरमा पुगेर मता माग्ने काम भएको थियो ।

  • सुर्य बाँस्तोलाबाट

१६ माघ २०८२, शुक्रबार १९:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा