Play

राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा, समयानुकुल प्रगति गर्न नसकेकोमा चिन्ता

गुरुकुल खबर


पोखरा, राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि.रामबजार पोखराको २३ औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पूर्व मन्त्री तथा संस्थाका संरक्षक उत्तम बहादुर पुनले संस्थाले जति प्रगति गर्नुपर्ने हो त्यति गर्न नसकेको भन्दै यो संस्था बहुउद्देश्यीय संस्था भएकोले एकैखाले काममा मात्र नअल्झिई थप नयाँ कामको पनि थालनी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा शेयरधनी द्वय जनक बोहरा र कृष्ण प्रसाद दाहालले संस्थालाई नाफा गर्न सक्ने बनाउन र सृजनात्मक काम गर्ने तर्फा अगाडी बढ्न संस्थाको संचालक समितिले  बध्यान दिनुपर्ने बताए ।

संस्थाको २३ औं साधारणसभाले लेखासमिति संयोजक प्रताप पुनले प्रस्तुत गरेको लेखा प्रतिवेदन र संचालकको तर्फबाट संस्थाका अध्यक्ष पूर्णप्रसाद शर्माले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

संस्थाका अध्यक्ष पूर्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष सिता दाहालले तथा कार्यक्रमको संचालन सचिव सूर्य प्रसाद बाँस्तोलाले  गरेका थिए ।

  • सूर्य बाँस्तोलाबाट

१६ माघ २०८२, शुक्रबार १८:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा