Play

भारतीय सवारीसाधनको अनुगमनमा कडाई गर्न पर्यटक यातायात ब्यबसायीहरुको माग

गुरुकुल खबर


पोखरा, पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले आग्रह गरेको छ ।

भारतीय पहेलो नम्बर प्लेट भएका सार्वजनिक सवारी साधनसँगै सेतो नम्वर प्लेट भएका निजी सवारी साधनहरू पोखरा सहित आसपासका पर्यटकीय गन्तव्यमा बिना रुट परमिट सिधै गन्तव्यमा पुग्दा दुर्घटना लगायतका समस्यासँगै स्थानीय पर्यटन तथा यातायात व्यवसायी पनि प्रभावित भएको भन्दै संघले सम्बद्ध निकायको ध्यानाकर्षण गराएको हो ।

नेपालका सिमा नजिकका शहरहरूबाट आउने भाडाका विदेशी सवारी साधनहरूले भारतबाटै यात्रु बोकेर पोखरा, मुस्ताङ, मुक्तिनाथ, मनाङ पुग्दा हाई अल्टिच्युुडको कारणले विभिन्न स्वास्थ्य समस्या आउनुुका साथै विदेशी सवारी चालकलाई भौगोलिक अवस्थाको समेत जानकारी नहुँदा दुर्घटना बढेको संघले जनाएको छ ।

यस्तो अवस्थाको अन्त्यका लागि विदेशबाट आएका सवारी साधनलाई पोखरामा पार्किङ गरी यहाँका स्थानीय सवारी साधन लिएर मात्रै ती गन्तव्यहरूमा जाने व्यवस्था मिलाउनका लागि सहजीकरण गर्न संघबाट यही माघ १२ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाइएको अध्यक्ष दुर्गादत्त दहालले बताए ।

अध्यक्ष दाहालका अनुुसार संघको ध्यानाकर्षणसँगै जिल्ला प्रशासन कार्यालय कास्कीले विदेशी सवारी साधनको चेकजाँच तथा नियमनका लागि जिल्ला प्रहरी कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय सवारी, कास्कीलाई पत्राचार गरी प्रभावकारी अनुगमन गर्न निर्देशन समेत दिइसकेको छ ।

भारतीय सवारीसाधनहरू बिना रुट परमिट तथा भन्सार सिधै हिमाली गन्तव्यहरूमा पुुग्ने गरेको पाइएसँगै संघले संस्थागत रुपमा यही माघ ८ गतेदेखि ११ गतेसम्म पोखरा–१ याम्दीमा गरिएको अनुगमनमा थुप्रै भारतीय सवारीसाधन बिना रुट परमिट र बिना भन्सार हिड्ने गरेको भेटिएको बताइएको छ ।

१६ माघ २०८२, शुक्रबार १८:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा